Daily Archives: 14/11/2009

फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टको समुह “B” को दोस्रो खेल सम्पन्न


जय आले (कुवेत)

कुवेतको सार्क फूटवल मैदानमा १३ नोभेम्वर २००९, शुक्रवारको दिन भएको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टको समुह “B” को दोस्रो खेलमा साइरालियोनको बिरुद्द नाइजेरिया र बंगलादेशको बिरुद्दमा येमनले खेलेका छन । जसमा साइरालियोन र नाइजेरियाले कसैको बिरुद्द गोल गर्न नसकी खेल बराबरीमा टुङ्गिएको छ भनें येमनले बंगलादेशलाई ० को बिरुद्द ३ गोल गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पोखरामा १५ जनामा स्वाईन फुलुको संक्रमण


छिमेकी जिल्ला पर्वतमा ९ जनालाई स्वाईन फु्लुको संक्रमण देखा परेको पुष्टि भएको एकसातापछि पोखरामा पनि स्वाइनफ्लू देखा परेको छ । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बारुण रिसर्च सेन्टर कास्कीले काठमाण्डौ प्रयोगशालामा पठाईएका १९ जनाको रिपोर्ट मध्ये १५ जनामा स्वाईन फुलु देखा परेको पुष्टि भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारले महिना दिनमै दूतावास स्थापना गर्ने आश्वासन दिएको छ: धर्मराज गिरी- उपाध्यक्ष NRNA/MESC कुवेत


Dharma Raj Giriझापा जिल्लाको अर्जुनधारा ६ मा जन्मनु भएका ३४ वर्षिय धर्मराज गिरी ६ बर्ष नेपाल प्रहरी सेवामा आफुलाई समर्पण गरी, १० वर्षयता कुवेत नगरीलाई आफ्नो कर्मथलो बनाउँदै आउनु भएको छ । कुवेतको एक दशकको समयावधीमा आफुले अनेकन् थरिका दु:ख-सुख र संघर्षहरु देखे-भोगेको गिरी बताउनुहुन्छ । समाजसेवा र खेलकुदमा मरीनै मेट्ने गिरी कुवेतमा ५ महिना अगाडी गठित NRNA-NCC कुवेतको प्रथम उपाध्यक्ष एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका समेत उपाध्यक्ष नै रहनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

देशलाई फाइदा हुनेतर्फ मेरो प्रयास रहनेछ; मधुवन पौडेल


कुवेतका लागि राजदूत पदमा नियुक्त हुनु भई कुवेतवासी नेपालीहरुको लागि खासगरी अहिलेको अवस्थामा एक मात्र आशा र भरोसाको केन्द्र बिन्दु नै बन्नु भएका हाम्रा महामहीम राजदूत श्री मधुवन पौडेलको हालै मात्र श्रम साप्ताहिकले लिएको अन्तर्वाता हामीलाई प्राप्त भएको छ । श्री पौडेलले कुवेतवासी समस्त नेपालीहरुलाई समेटेर आफ्नो दायित्व निर्वाह गर्ने, नेपालीहरुमा एकता कायम गराउने र आर्थिक स्थिती बलियो बनाउन नेपाली श्रमिकहरुलाई प्रेरित गराउने आफ्नो कार्यनिर्देशिकाको प्राथमिकता भित्र रहेको बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्