पैसा कमाउन साउदीअरब पुगेकी नेपाली चेली शरीरभरि आइरनले पोलेका डाम लिएर घर फर्केकी छिन् । १० महिनाअघि साउदी गएकी बाँके कोहलपुरकी नन्दकला भुसालले काम गरेको पैसा त पाइनन्, घरमालिकले भनेबमोजिम गर्न नमान्दा शरीरमा कहिल्यै नमेटिने दाग लिएर घर पर्कन बाध्य भइन् । नन्दकलालाई छिमेकी चन्द्रकान्त सापकोटाले राम्रो काम लगाइदिने प्रलोभन देखाएर साउदीअरब लगेका थिए । उनको पइतलादेखि कम्मरसम्म नै आइरनले डामेका दाग छन् । आफूलाई जबर्जस्ती गर्न खोज्ने घरमालिकको प्रतिकार गर्दा आइरन तताएर शरीरभरि डामेको उनले बताइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/11/2009
साउदी गएकी चेली आइरनले डामिएर फर्किन्
Posted in अरब विशेष
निषेधित क्षेत्र तोड्ने क्रममा सभासदसहित ६० घाईते
काठमाडौं, कात्तिक २६, एकिकृत नेकपा माओवादीद्वारा सिंहदरवार घेराउको क्रममा निषेधित क्षेत्र तोड्ने क्रममा ६० भन्दा बढी प्रदर्शनकारी घाईते भएका छन् । विभिन्न आठ ठाँउबाट सिंहदरवार घेराउको प्रयास गरिरहेका माओवादी सभासदहरु बर्षमान पुन, अमीक सेरचन, रुपा चौधरी, शुष्मा घिमिरे लगायत अन्य सभासदहरु तथा दर्जनौ कार्यकर्ताहरु घाईते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
राज्यमन्त्री करिमा बेगमको नाममा पक्राउ पुर्जी जारी
कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई प्रहरीले गिरफ्तारी गर्ने तयारी गरेको छ । दुइदिन पहिले पुरानो गाडी उपलब्ध गराएको निहुँमा पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई कुटपिट गरेपछि बुधबार बेलुका जिल्ला प्रहरी कार्यालय पर्सामा राज्यमन्त्री बेगम बिरुद्ध सार्वजनिक मुद्दा परेपछि त्यसैको आधारमा उहाँलाई पक्राउ गर्न खोजिएको पर्साका प्रहरी उपरीक्षक सुबोध घिमिरेले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
विश्वकै होची महिला तेस्रोपटक गर्भवती
विश्वकै सबैभन्दा होची महिला तेस्रोपटक गर्भवती भएकी छिन् । पुनः सन्तान जन्माउनु स्वास्थ्यका लागि जोखिम हुने चिकित्सकले सल्लाह दिए पनि यसको बेवास्ता गर्दै स्टेसी हेराल्डले तेस्रो सन्तान जन्माउन लागेकी हुन् । बिहे गरेको आठ महिनापछि स्टेसी गर्भवती भइन् । परिवार तथा डाक्टरले बच्चा नजन्माउन अनुनय-विनय गरे । तर, स्टेसी बच्चा जन्माउने निर्णयमा अडिग रहिन् । बच्चा जन्मायौ भने तिमी बाँच्दिनौ, मेरी आमा रुँदै भन्नुहुन्थ्यो, तर, दुईवटा बच्चा जन्माएर पनि जीवित नै छु । पढ्नेक्रम जारी राख्नुहोस्
प्रधानमन्त्रीलाई स्वाइन फ्लूजस्तै लक्षण
काठमाडौं, कात्तिक २६- भाइरल ज्वरो आएर आराम गरिरहेका प्रधानमन्त्री माधवकुमार नेपाललाई चिकित्सकहरूले पूर्वसावधानी अपनाउन र बाहिर ननिस्कन सुझाव दिएका छन् । रुघाखोकी अन्यलाई पनि सर्नसक्ने र यस्तो अवस्थामा अन्यहरूबाट हुनसक्ने संक्रमणबाट पनि बचाउन पूर्व सावधानी अपनाउन सुझाव दिएको चिकित्सकले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
सिहंदरबार घेर्न हिंडेका माओवादी कार्यकर्ता चढेको बस दुर्घटनाग्रस्त एकको मृत्यु सन्ताउन्न घाइते
मुलुकको प्रमुख प्रशासनिक निकाय घेराउ गर्न हिंडेका गोर्खा जिल्लाको छेपेटार गाविसको चोरकाटेका एकीकृत नेकपा माओवादीका कार्याकर्ताहरु चढेको बस गएराती तनहुँ जिल्लाको आँबुखैरेनी गाविसस्थित मस्र्याङदी जलविदुत परियोजना नजीकैबाट मस्र्याङदी नदीमा खस्दा एक जना माओवादी कार्यकर्ताको मृत्यु भएको छ भने अन्य ५७ जना घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्