Daily Archives: 11/11/2009

बिरामीको सङ्ख्या तीनसय नाघ्यो, पन्ध्र जनाको नमुना परीक्षण


पाण्डेमिक भाइरल इन्फ्लुएजा स्वाइन फ्लुको आशंका गरि जिल्ला अस्पताल म्याग्दीमा उपचार गराउन आउने बिरामीहरुको सङ्ख्या तीनसय नाघेको छ । बिरामीहरुमा रुघाखोकी ज्वरो आउने टाउको दुख्ने लगायतका लक्षण देखिएकाले स्वाइन फ्लुको आशंकामा १५ जनाको रगत तथा खकार लगायतका नमुना सङ्कलन पढ्नेक्रम जारी राख्नुहोस्

पारस र दलाई लामाका बिशेष दूतबीच मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा भेट


नेपाल सरकारले छिमेकी देश चीनकाविरुद्ध नेपालमा कुनै पनि गतिविधि गर्न नदिने प्रतिवद्धता व्यक्त गरिरहेका बखत नेपालका पूर्व युवराज पारस शाहले फ्री तिब्बतको वकालत गरिरहेको भनिएका तिब्बतका धार्मिक नेता दलाई लामाका दूत थिन्ले ग्यास्टो र उनका अनुयायीहरुलाई हिमाल पारिको जिल्ला भनेर परिचित विकट पहाडी जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा सुटुक्क भेट गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा नेपाली महिला पुगिन आईसियुमा


जय आले (कुवेत)

कुवेतको महबुल्ला भन्ने ठाउँमा एक घरेलु कामदारको रुपमा कार्यरत ४० वर्षिया नेपाली महिला आफै कार्यरत घरको दोस्रो तलाबाट खसेर सिकिस्त हुन पुगेकी छिन् । अरब टाइम्सले जनाए अनुसार उनलाई कुवेतको आदन अस्पतालको आईसियु (Intensive care unit) मा भर्ना गरिएको छ ।

कुवेत सेक्युरिटी सोर्सले जानकारी दिए अनुसार, ति महिला आफैले बनाएको डोरिमा झुण्डिएर आफु कार्यरत घरबाट भाग्ने क्रममा सो डोरी चुड्न पुगी उनी दोस्रो तलाबाट खस्न पुगेकी हुन । सोर्सले उनको नाम, नेपालको ठेगाना र के-कती कारणले उनी घरबाट भाग्न विवश भएकी थिइन भनेर केही खुलाएको छैन ।

आधिकारीक जानकारीको लागि ११ नोभेम्वरको अरब टाइम्स दैनिक हेर्न नभुल्नु होला ।

हार्दिक आमन्त्रण !!


बेद खरेल (अमेरिका) 

संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम मधुरमण आचार्य आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरी स्वदेश र्फकन लाग्नु भएको छ । यस अवसरमा न्यूयोर्कस्थित सम्पूर्ण नेपाली समुदायको तर्फाबाट महामहिम राजदूत तथा उहाँकी धर्मपत्नी डाक्टर गीता आचार्यको सम्मानमा निम्न मिति, समय र स्थानमा बिदाई कार्यक्रम आयोजना गर्न लागिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

युनिटी लाइफ इन्टरनेशनलले सन् २०१० भित्रमा युनिटी एयरवेज नेपालमा ल्याउने


रामजी बगाले,

काठमाडौं- स्वास्थ्य, शिक्षा, सूचना रोजगार र सुरक्षालाई आफ्नो मुल मन्त्री ठानी सामाजिक कार्यमार्फत् देशलाई आर्थिक परिवर्तनको दिशामा मोड्न प्रयासरत एस्युरेन्स युनिटी लाइफ इन्टरनेशनल लि. ले सन् २०१० भित्रमा युनिटी एयरवेज नेपालमा ल्याउने घोषणा गरेको छ । करिव दुई महिना मलेसिया, सिंगापुर र थाईल्याण्डको भ्रमण सकेर आज स्वदेश फर्किनुभएका युनिटी ग्रुपका प्रबन्ध निर्देशक विष्णु क्षेत्रीले एयरपोर्टमा गरिएको पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नमस्ते युरोप तेस्रो वर्षमा


महेश थापा (नमस्ते युरोप)

1.gifप्रवासमा रहेर नेपाली मिडियालाई सहयोग गर्न प्रवासी नेपालीद्धारा संचालित नमस्ते युरोप नोभेम्वर ११ देखि तेस्रो वर्षमा प्रवेश गरेको छ । युरोपवाट संचालित नमस्ते युरोपले नेपाली भाषा कला संस्कृती तथा रितीरिवाजको प्रचारप्रसारको साथै प्रवासमा रहेका नेपालीका समस्या समाधानमा नमस्ते युरोपले आफुलाई सकृय तुल्याउदै आइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्