Daily Archives: 09/11/2009

एकैदिन २३० जना बिरामी, नीजि विद्यालयहरु तीनदिनका लागि बन्द


विगत केही दिनयता पर्वतमा देखापरेको स्वाईनफ्लु रोगको आतंक म्याग्दीमा पनि फैलिएको शंका गरिएको छ । आईतबार मात्रै म्याग्दीका निजी विद्यालयमा अध्ययनरत पाँचहजार ८८ जना विद्यार्थीमध्ये २३० जनामा रुघाखोकीको लक्षण देखिएपछि सो रोगको सङ्क्रमण फैलिएको शंका गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पहिला अस्थायी शिविर खाली गरौ: प्रधानमन्त्री


प्रधानमन्त्री माधवकुमार नेपालले अस्थायी शिविरहरुमा रहेका लडाकु र हतियारको व्यवस्थापन नभएसम्म नयाँ संविधान निर्माण गर्न नसकिने बताएका छन् । उनले नयाँ संविधान निर्माण गर्नुपूर्वनै माओवादी लडाकुहरुको व्यवस्थापन गरिसक्नुपर्नेमा जोड दिदै यसलाई राजनीतिक दलहरुबीचको सहमतिका आधारमा छिटो समाधान गर्ने आफ्नो प्रयत्न रहेको बताए ।
पढ्नेक्रम जारी राख्नुहोस्

संविधानसभा भंग गरी राष्ट्रपति शासन लगाउन कांग्रेसको प्रस्ताव


काठमाडौं, संविधानसभा भंग गरी राष्ट्रपति शासन लागू गर्ने गोप्य प्रस्ताव सत्तारुढ कांग्रेसले एमालेसमक्ष राखेको छ । एमाले उपाध्यक्ष अशोक राईले कांग्रेसले औपचारिक छलफलमा नै यस्तो प्रस्ताव ल्याएको खुलासा गरेका छन् । राष्ट्रपतिको आदेशमा संविधान निर्माण आयोग गठन गर्ने र त्यसैलाई नयाँ संविधान बनाउने जिम्मा दिने औपचारिक प्रस्ताव कांग्रेसले राखेको खुलासा एमाले उपाध्यक्ष राईले गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्