प्रेस विज्ञप्ती
६ नोभेम्बर २००९, दुबई, संयुक्त अरब इमिरेट्स
विश्वभरिका प्रवासी पत्रकार मित्रहरु,
प्रवासी नेपाली पत्रकार संजालको तर्फबाट सवैलाई अभिवादन !
बिगत दुई-तीन महिनाको हामी सवैको अथक मेहनत र लगनशीलताले गत ११-१२ अक्टोबरमा काठमाडौंमा प्रथम विश्व प्रवासी नेपाली पत्रकार सेमिनार र अन्तरकृया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रम विश्वभरि छरिएर रहेका प्रवासी नेपाली पत्रकार र नेपाल पत्रकार महासंघको सकृयातामा सम्पन्न भएको हो जसमा गैह्र आवासीय नेपाली संघले विशेष सहयोग गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्