Daily Archives: 07/11/2009

एनआरएनए कुवेतका उपाध्यक्ष धर्मराज गिरीले नेपालमा दिएको अन्तर्वार्ता


गैर-आवासिय नेपाली सँघ कुवेतका उपाध्यक्ष धर्म राज गिरीज्यूले श्रम साप्ताहिकलाई दिनुभएको अन्तर्वार्ता हामीले जस्ताको तस्तै छापी दिएका छौं । श्री गिरी माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका उपाध्यक्ष समेत हुनुहुन्छ । गैर-आवासिय नेपाली सँघको चौंथो अन्तर्राष्ट्रिय सम्मेलनमा कुवेतको तर्फबाट एक्लो प्रतिनिधि बनेर भाग लिनु भएका गिरीज्यूले श्रम साप्ताहिकमा मात्र नभई नेपालका बिभिन्न पत्र-पत्रिकामा अन्तर्वाता दिंदै आउनु भएको छ । वहाँले कुवेत नगरीमा एनआरएनएको वास्तविक अवस्था, कुवेतमा नेपाली नागरिकहरुले भोग्नु परेका समस्याहरु देखी लिएर निकट भविष्यमा कुवेतको लागि चुनिनु भएका राजदूत मधुवन पौडेलको कार्यनिर्देशिका’bout पनि खुलस्त पारेर बोलिदिनु भएको छ । आधिकारिक जानकारीको लागि तलको अन्तर्वाता हेर्न नभुल्नु होला ।       पढ्नेक्रम जारी राख्नुहोस्

फोर्थ कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टको समुह “A” को दोस्रो खेल सम्पन्न; श्रीलंकासँग नेपालको अप्रत्याशित हार


जय आले (कुवेत)

कुवेतको सार्क फूटवल मैदानमा ०६ नोभेम्वर २००९, शुक्रवारको दिन भएको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टको समुह “A” को दोस्रो खेलमा श्रीलंकाको बिरुद्द नेपाल र घानाको बिरुद्द बेनिनले खेलेका छन । जसमा नेपाललाई श्रीलंकाले १ गोलको बिरुद्द ३ गोल गरेको छ भनें घानाले बेनिनलाई ० को बिरुद्द ३ गोल गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्