काठमाडौं, २०६६ कार्तिक १८ – इजरायल कामदार पठाउने म्यानपावर एजेन्सीले कामदार र कम्पनीको पैसा जोखिममा परेको भन्दै कामदार लैजाने प्रक्रिया फेरि सुरु गर्न इजरायललाई आग्रह गरेका छन् । त्यस्तै नेपाल सरकारलाई खुलाउनका लागि प्रभावकारी कूटनीतिक पहल गर्नसमेत उनीहरूले आग्रह गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/11/2009
सार्वजनिक अनुरोध !!
आदरणीय कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनिहरु;
कुवेत-अफ्रिकन फिलोशिपको आयोजनामा संचालित; फोर्थ कुवेत-अफ्रिकन फूटबल टुर्नामेण्टको दोस्रो चरणको समुह “A” को खेलमा, कुवेतको सार्क फूटवल मैदानमा ०६ नोभेम्वर २००९ को दिन, नेपाल- श्रीलंकाको बिरुद्द १४:३० बजे र घाना- बेनिनको बिरुद्द १६:०० बजे खेल्ने छन् । जसमा नेपाल र श्रीलंका बिच कडा प्रतिश्पर्धा हुने व्यापक संभावना रहेको छ, स्मरणरहोस् गत वर्षको थर्ड कुवेत-अफ्रिकन फूटवल टुर्नामेण्टमा नेपाली दर्शक र श्रीलंकाली खेलाडीहरु बिच खेल संचालन भई रहेकै बेला अनायासै एउटा असहजको बातावरण उत्पन्न हुँदा आयोजक समितिको केही स्वयंसेवकहरुलाई चोटपटक लाग्न पुगी नेपाली टिमको प्रतिनिधिमण्डलले क्षतिपूर्ती समेत बेहोर्नु परेको सर्वबिदितै छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, MESC गतिविधि
सेनालाई उच्च सतर्क रहन निर्देशन, चारै सुरक्षा प्रमुख मन्त्रिपरिषद बैठकमा
काठमाडौं, कात्तिक १७, प्रधानमन्त्री माधवकुमार नेपालले आकस्मिक रुपमा चार वटै सुरक्षा अंगका प्रमुखलाई मन्त्रिपरिषद बैठकमा बोलाएका छन् । मन्त्रिमण्डलका राज्य र सहायक मन्त्रीहरुलाई समेत बोलाइएको बैठकले माओवादी आन्दोलनको समीक्षा गर्दै सेना सहित सबै सुरक्षा अंगलाई ‘हाइएलर्ट’मा रहन निर्देशन दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
विश्वभरका नेपाली पत्रकार एक भए
दामोदर नेपाल (काठमाण्डौ, नेपाल)
प्रवासमा रही नेपाली पत्रकारीता गरीरहेका विभिन्न देशका नेपाली पत्रकारहरु नेपाल पत्रकार महासंघको समन्वय र पहलमा संगठीत भएका छन् ।
यही कार्तिक १७ गते पत्रकार महासंघको हलमा पत्रकार सम्मेलन गरी ‘प्रवासी नेपाली पत्रकार सञ्जाल’ को स्थापना भएको जानकारी औपचारीक रुपमा प्रेस विज्ञप्तीद्धारा सार्वजनिक गरीएको छ । प्रवासी पत्रकारहरुलाई संगठित गर्ने हेतु भर्खरै मात्र सम्पन्न प्रवासी पत्रकारहरुको विश्व सम्मेलनमा जारी गरीएको घोषणा पत्र पनि ‘प्रवासी नेपाली पत्रकार सञ्जाल’ का संयोजक जाकिर हुसैनले पढेर सुनाउनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१