Daily Archives: 03/11/2009

पर्वतका स्कुले विद्यार्थी र सैनिकमा स्वाइनको शंका


स्वाइनफ्लु फैलिएको आशंकामा पर्वतका स्कुले विद्यार्थी र सैनिक जवानहरूको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सुरु गरिएको छ । पर्वत सदरमुकाम कुस्मामा कालिगण्डकी आवासीय माध्यमिक विद्यालयलगायत अन्य विद्यालय एवं स्थानीय सैनिक क्याम्पमा एक्कासि बढी मात्रामा रुघाखोकी फैलिएपछि स्वाइनफ्लु भए-नभएको किटान गर्न उक्त नमुना परीक्षण गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीद्वारा मुलुकभरका स्थानीय निकायमा घेराउ तथा तालाबन्दी, कास्की, स्याङ्जा र लम्जुङगमा कामकाज ठप्प


पोखरा- १६ कात्तिक, नागरिक सर्वोच्चता कायम हुनुपर्ने माग गर्दै आइतबारदेखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको एकीकृत नेकपा-माओवादी)ले सोमबार देशभरका नगरपालिका र गाविसका कार्यालयहरूमा तालाबन्दी तथा घेराउ गरेको छ । सो क्रममा कास्कीस्थित पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका  कार्यालय अगाडि बिहान ९ बजेदेखि एकीकृत नेकपा-माओवादी)का कार्यकर्ताले घेराउ गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

भारतीय राजदूतले भने- भारतको समर्थन माधव नेपाललाई


rakesh_sud_madhav_nepal_833298382विराटनगर, १६ कात्तिक, भारतीय राजदूत राकेश सुदले माधव नेपाल नेतृत्वको सरकारले नै संविधान बनाउने दाबी गरेका छन् । उनले वर्तमान सरकारकै नेतृत्वमा संविधान बनोस् भन्ने भारतको चाहना रहेको पनि प्रस्ट पारेका छन् । भारतीय सहयोगमा विराटगरमा निर्मित पोलिटेक्निक कलेजको उद्घाटनमा भारतीय राजदूत सुदले वर्तमान सरकारकै नेतृत्वमा संविधान निर्माण र शान्तिप्रक्रिया अगाडि बढोस् भन्ने भारतको चाहना रहेको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

बन्दुकधारी सभासद्ले हाने मन्त्रीको ढोकामा लात


mantri_savasad__191415987काठमाडौं, १६ कात्तिक, ०५२/५३ मा सत्तासमीकरण परिवर्तन गर्दा कहिले यता र कहिले उता भएर चर्चामा आएका खोभारीराय फेरि विवादमा आएका छन् । उतिवेलाका राप्रपाका सांसद खोभारी राय राजधानीको मुनसन डिस्कोमा फायरिङ गरेर चर्चामा थिए भने यतिवेला आफ्नै दलका मन्त्री राजेन्द्र महतोको गेटमा हतियारसहित हुलदंगा गरेको आरोपमा पक्राउ परेका छन् । अहिले सद्भावनाको टिकटमा प्रत्यक्षबाट चुनाव जितेका खोभारीले आइतबार मध्यरात आफ्नै पार्टीका अध्यक्ष तथा आपूर्तिमन्त्री राजेन्द्र महतोको घरको गेट ठटाउँदै होहल्ला गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

हमिद कार्जाइ अफगानिस्तानको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा


काबुल, हमिद कार्जाइ अफगानिस्तानको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा निर्वाचनimg20091102161045 अधिकारीहरूले गरेका छन् । उनीहरूले दोस्रो चरणको मतदानको योजनालाई समेत रद्द गरेका छन् । कार्जाइका एक मात्रै प्रतिद्वन्द्वी अब्दुल्लाह अब्दुल्लाहले प्रतिस्पर्धा त्यागेको एक दिन पछि स्वतन्त्र निर्वाचन आयोगले यस्तो घोषणा गरेको हो । डा. अब्दुल्लाहले प्रमुख निर्वाचन अधिकारीको खोसुवा गरिनुपर्ने माग गरेका थिए। उनका विचारमा ती अधिकारीले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सक्दैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रचण्ड र कोइरालाबीच भेट


माओवादीले आन्दोलन शुरु गरेको भोलिपल्ट सोमबार माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको गोप्य वार्ताको अन्तर्वस्तु सार्वजनिक भइनसकेकाले राजनीतिक गतिरोध कता जाने हो भन्ने संकेत मिलेको छैन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच एक्कासी भेटवार्ता भएको छ । माओवादीले दोश्रो चरणको आन्दोलन शुरु गरेको भोलिपल्ट कोइरालानिवास महाराजगञ्जमा सोमबार दिउंसो दुई नेताहरुले एक्लाएक्लै भेट गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्