बुद्धको जन्मस्थल “कपिलवस्तु दिबस”


राम कुमार श्रेष्ठ (बेलायत)

kapilbastu diwasबुद्धको जन्मस्थल कपिलबस्तुलाई बिश्व सामू अरु बढी परिचित गराउने र बिश्वमा बुद्धको शान्ति सन्देश फैलाउने अभिप्रायले कपिलबस्तु दिबस बिभिन्न कार्यक्रम सहित बिश्वभर मनाउन पहलकदमी गरिएको हो । बिभिन्न देशमा छरिएर रहेका नेपाली बुद्धिजिबिहरुद्धारा यस दिबसले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तरराष्ट्रिय स्तरमा समेत आफ्नै किसिमका सांकेतिक सन्देशहरु समेत दिन सक्छ । बुद्धको देशमा हालसालै पूर्व अनुमान गरिएभन्दा फरक किसिमले  बिश्वलाई आश्चर्य चकित तुल्याउदै अत्यन्तै शान्तिपूर्ण तबरबाट स्थापना भएको गणतन्त्रको घोषणा, संयुक्त राष्ट्रसंघ अन्तर्गत बिभिन्न देशमा शान्ति स्थापनार्थ नेपालले गर्दै आएको सकृय सहयोग र सहभागिताले नेपाली शान्तिकामी हुन भन्ने राम्रो सन्देश दिएको छ बिस्वलाई ।

हालै मात्र संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा आणबिक हतियार घटाउने सम्बन्धमा प्रस्तुत संकल्प प्रस्ताबलाई सर्बसम्मतिले अनुमोदन गरेको छ र अमेरिकी राष्ट्रपतिद्धारा अध्यक्षता गरिएको र निशस्त्रिकरणको बिषयमा यसरी समर्पित भएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको इतिहाँसमा पहिलो घटना हो यो । संसारभरी छरिएर रहेका नेपाली बुद्धिजिबीहरुको पहलकदमीमा हुन लागेको यो कार्यक्रमले यस किसिमका राष्ट्रिय, अन्तरराष्ट्रिय घटनाक्रमहरुमा समर्थन जनाउने मात्र नभएर संभब भएसम्म यस किसिमका शान्तिपूर्ण घटना र आन्दोलनहरुलाई समेत कुनै न कुनै रुपमा कुनै न कुनै हदसम्म सांकेतिक रुपमा उत्प्रेरित गर्न सक्छ भन्ने कुरामा आशाबादी हुन सकिन्छ ।              

१ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Fuhrer ले लुम्बिनिमा अशोक स्तम्भ पत्ता लगाएको आधारमा यस दिनलाई कपिलबस्तु दिन मनाइने निर्णय गरिएको हो । अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भएतापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने देन भने Anton Fuhrer लाई जान्छ र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण हो । शान्तिका प्रतिमूर्ति गौतम बुद्ध तिलौराकोट कपिलबस्तुमा जन्मी २९ बर्षसम्मको उमेरमा राजाकुमारको रुपमा यस ठाउँमा रहेकाले यस ठाउँको धेरै अर्थमा ठूलो महत्व रहेको छ, अन्तरराष्ट्रिय स्तरमा नै । त्यसैले १९९७ मा युनेस्कोले गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई बिस्व संपदा सूचिमा समेत समाबेश गरेको छ ।

संयुक्त राष्ट्रसंघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमणमा जानु अघिसम्म त्यहाँ नगण्य काम मात्र भएकोले गौतम बुद्धको जन्मभूमिलाई उच्च प्राथमिकता दिइ त्यहाँ ठोस काम गर्नका लागि १९७० मा संयुक्त राष्ट्र संघले एउटा अन्तरराष्ट्रिय समिति गठन गर्यो र संयुक्त राष्ट्र बिकास कार्यक्रम (UNDP) ले जापानी आर्किटेक्ट प्रो. केन्जो टाङेलाई लुम्बिनिको बिकासको बिस्त्रित कार्य योजना (Master Plan) ६.५ मिलियन डलरको लागतमा बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो ।

आध्यात्मिक, एतिहासिक र पुरातात्विक महत्वको दृष्टिकोणले आफ्नै किसिमको बिशेषता र महत्वयुक्त लुम्बिनिको बिस्वमै चाख र महत्व हुन सक्ने  भएकोले नै युनेस्कोले यस्लाई बिस्व संपदा सूचिमा राखेको हो । लुम्बिनी बिकास गुरु योजनाको कार्यन्वयनले ७ बर्षभित्रमा पूर्णता पाउनु पर्ने लक्ष राखिएको थियो तापनि आधा शताब्दीभन्दा बढी समय ब्यतित भैसक्ता पनि योजना कार्यन्वयनले पूर्णता पाउन नसकेको घटनाले स्वस्थानीमा अरुले दया गरेर ल्याइदिएको खाना पनि हुरीले उडाएर लगेको घटनाको स्मरण गराउँछ । अन्तरराष्ट्रिय जगतमा नेपाललाई चिनाउने भएको एउटा बलियो आधारलाई पनि अरुले त्यत्रो सहयोग गर्दा समेत हात बाँधेर टुलुटुलु हेरेर बसिन्छ भने योभन्दा लज्जास्पद र नामर्दिपन अरु केही हुन सक्ला र ?

शान्तिका प्रतिक गौतम बुद्धका सन्देशहरुलाई धार्मिक रुपमा मात्र सीमित गरिनुभन्दा मानबीय चरित्रको आधारशिलाको रुपमा अबलम्बन गरिने र प्रबचनको श्रोत बनाउनुभन्दा आफ्नो दैनिक जीबनमा प्रयोग गरिने हो भने मात्र  प्रत्येक ब्यक्ति खुशी हुन सक्छ अनि यो संसार सुन्दर शन्तिमय ग्रहको रुपमा बिकास हुन सक्छ । स्वार्थ र अभिमानले ब्याप्त मानब जातिका कारण नै यो संभाबना असंभब प्राय: जस्तो देखिदै आएको छ तापनि बिस्वब्यापी रुपमा गरिने यस किसिमको राजनीतिक प्रतिबद्धता, बुद्धिजिबी र सामाजिक कार्यकर्ताहरुको अथक नि:स्वार्थ प्रयासहरुले बिद्यमान समस्यालाई धेरै हदसमम्म न्यूनिकरण गर्न सकिने कुरा अस्वाभाबिक होइन ।

आयोजकहरुको प्रकृतिका कारण फेसबुक तथा ट्विटर जस्ता सामाजिक सन्जालहरु र सन्चारका माध्यमहरुको अधिकाधिक प्रयोग सर्बोत्तम उपाय भएको देखिन्छ र पनि संभब भएसम्म बिभिन्न किसिमका स्थानीय कार्यक्रमहरुको लागि प्रयास गरिनेछ । बुद्धको शान्ति सन्देश संसारभर फैलाउँदै नेपाल र नेपालीलाई संसारभर अरु बढी चिनाउने उद्धेस्यका साथ अगाडि बढेको यस निर्बिबाद कार्यक्रममा सबैले यथासक्य सहयोग गरी आ-आफ्नो तर्फबाट नागरिकीय कर्तब्य पुरा गर्नु हुनेछ भन्ने कुरामा बिस्वस्त छौं ।

नायक कृष्ण मल्ल तथा नायिका गौरी मल्ल र कलाकार सरिश्मा अमात्यहरुले समेत यस कार्यक्रममा सकृय सहभागिता जनाउने जुन प्रतिबद्धता जाहेर गर्नु भएको छ त्यस्को लागि उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं । त्यसरी नै यस कार्यक्रमको लागि लोगो डिजाइन गरेर सहयोग गर्नु हुने सन्जिब श्रेष्ठ पनि धन्यवादका पात्र हुनुहुन्छ ।

बिश्व सामू नेपाललाई अरु बढी चिनाउन सहायक सिद्ध हुन सक्ने मात्र नभएर देशमा भैरहेको शान्ति प्रकृया र बिस्व शान्तिमा भैरहेका प्रयासहरुमा समेत सांकेतिक अर्थ र महत्व राख्न सक्ने यस कार्यक्रममा सबैको यथासक्य सहयोग र सहभागिता हुने कुरामा हामी आशाबादी छौं ।

4 responses to “बुद्धको जन्मस्थल “कपिलवस्तु दिबस”

  1. पिंगब्याक: RB maharjan

  2. पिंगब्याक: World rider

  3. पिंगब्याक: Kapilvastu basi

  4. पिंगब्याक: ram kusawa

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.