कर्णेलको घरमा भेटियो चोरीको गाडी


pajero_493352405माओवादीले लुकाएर राखेको चोरीको गाडी कर्णेलको घरमा फेलापरेको छ । माओवादी शान्ति-प्रक्रियामा आएपछि सरकारले दिएको अस्थायी नम्बर प्रयोग गरिएको बा ०००१ अ ४६ नम्बरको रातो मित्सुबिसी पजेरो नेपाली सेनाका कर्णेल श्रीधर सिंहको सीतापाइलास्थित घरबाट नियन्त्रणमा लिइएको हो । सोही नम्बरको गाडी माओवादी केन्द्रीय सदस्य कालीबहादुर खामको नाममा टाटा सफारी दर्ता छ । तर, सो नम्बर चोरीको मित्सुबिसीमा प्रयोग गरेर चलाइएको थियो । नियन्त्रणमा लिएको सो गाडीको नेपाली बजार मूल्य एक करोड २५ लाखभन्दा माथि छ ।

विशेष जानकारीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार मध्याह्न सीतापाइला-२ मा लुकाएर राखिएको अवस्थामा पजेरोसहित श्यामबहादुर सिंहलाई समेत पक्राउ गरेको थियो । पक्राउ परेका सिंहले गाडी काठमाडौं क्षेत्र नम्बर ८ का सचिव रक्षा बुढामगरले केही दिनका लागि भनेर घरमा राख्न लगाएको बताएका छन् । स्रोतका अनुसार सिंहले ‘सो गाडी बेच्ने हो, केही दिन घरमा राखिदिनु होला बेचेपछि केही पैसा दिउँला’ भनेर घरमा राख्न लगाएको प्रहरीलाई बयान दिएका छन् ।

सशस्त्र द्वन्द्वको अन्त्यसँगै माओवादी शान्तिवार्तामा आएपछि सन् २००६ मा सरकारले द्वन्द्वकालमा माओवादीले प्रयोग गरेका गाडी तत्कालका लागि अस्थायी नम्बर दिएर चलाउन दिने निर्णय गरेको थियो । मोडल नम्बर २००८ को सो गाडी महानगरीय प्रहरी प्रभाग कमलपोखरीमा राखिएको छ । प्रमाणसहित दाबी गर्न कोही नआएपछि प्रहरीले गाडी भन्सार विभागलाई बुझाउने तयारी गरेको छ ।

उपत्यकामा चोरीका महँगो गाडीको संख्या बढ्दै गएपछि काठमाडौं परिसरले चोरीका गाडी पक्राउ गर्न विशेष टोली परिचालन गरेको छ । सो टोलीले महिना दिनमा सातवटा गाडी पक्राउ गरी भन्सारमा बुझाइसकेको छ । प्रहरीले को१च ३६८८ नम्बरको मित्सुबिसी पजेरो, बा५च ९६३६ नम्बरको कालो रङको मित्सुबिसी पजेरो, खरानी रङको बलेरो जिप, ७०९५ नम्बरको बलेरो र बा५च ५१७७ नम्बरको सेन्ट्रो कार नियन्त्रणमा लिई भन्सार विभागलाई बुझाएको थियो ।  

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.