राज अधिराज (हङ्कङ)
०१ नोभेम्बर २००९, किरात याक्थुङ चुङलुङ हङकङले आयेजना गरेको प्रथम श्रीजंगा स्मिर्ति रनिङ कप गुल्मी फुट्बल क्लबले जितेको छ । जोर्डन स्थित सेभेन ए साइड सकर पिजमा सम्पन्न एक दिवशीय यस प्रतियोगितामा चुम्लुङ, रिसुङगा, प्रिभे, हेहे, सन्डे, मन्डे, देउराली, गुल्मि, धरान, हिमालयन, फ्रेन्स, एभरेष्ट र नेप्लिज युथ अर्गनाईजर गरी जम्मा १३ टिम सहभागी रहेका थिए ।
लिग कम नकाउडको आधारमा खेलाइएको यस रनिङ सिल्डमा प्रतियोगितामा गुल्मी, प्रिभे, हेहे र एभ्रेष्ट सेमी फाइनलमा प्रवेश गर्न सफल भएका थिए । सेमीफाइनलमा एभ्रेष्टलाई पछाडि पारेर आएको प्रिभे र हेहेलाई हर्राई फाइनलमा उत्रिएको गुल्मी बीच अत्यन्त कडा प्रतिस्पर्धा भएको थियो । जसमा दुबै पक्षबाट दुई दुई गोल भई खेल बराबरीमा टुंगिएपछि अन्तमा ट्राइवेकरको आधारमा गुल्मी फुट्बल क्लबले प्रिभेलाई ४ को विरुद्द ५ गोलले पराजित गरेको थियो ।
प्रथम हुनेलाई श्रीजंगा रनिङ सिल्डसहित हङकङ डलर ५००० र दोश्रो हुनेलाई नगद ३५०० कासाथ ट्रफी प्रदान गरिएको उक्त प्रतियोगितामा जम्मा १२ गोल गरेर टप स्कोररको उपाधि प्रिभे एफसीका खेलाडी नरेन लिम्बूले हातपार्न सफल भएका थिए भने टप स्कोरर बन्न पुगेका लिम्बूलाई नै उत्कृष्ट खेलाडी पनि घोषणा गरिएको थियो । निर्णायकहरुले उक्त प्रतियोगिता भरीको अनुसासित तथा उत्कृष्ट टिमको रुपमा सण्डे फुट्बल क्लबको नाम घोषण गरेका थिए ।
सम्मपन्न उक्त प्रतियोगिताको उद्घाटन समारोहमा याउचिमोङ डिस्ट्रिक काउन्सीलर हङ, डेरेक प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए भने योमातेइ पुलिस अधिक्रितसहित नेपाली महासंघ हङकङका अध्यक्ष हेम लिम्बू, नेपाली जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ विशेष अतिथि रहेक थिए । प्रमुख अतितिथिको हातबाट रिवन काट्दै उपस्थित अतिथिहरुबाट कागजी पटेका पड्काएर उद्घाटन गरिएको उद्घाटन समारोहमा याक्थुङ चुङलुङका कलाकारहरुबाट च्याब्रुङ नाच र हङकङ प्रहरीको तर्फबाट बेण्ड बाजा बजाई उपस्थितहरुलाई रमाइलो वातावरणमा स्वागत गरिएको थियो । उक्त उद्घाटन समारोहको अध्यक्षता संस्थाका अध्यक्ष निरप्रसाद लिम्बूले गरेका थिए भने किरात याक्थुङ चुङलुङका केन्द्रीय सदस्य पदम कुमार लावतीले स्वागत ब्यक्त गरेका थिए । प्रमुख अतिथि डिस्टि्रक काउनसुलर हङ डेरेक, महासंघ अध्यक्ष हेम लिम्बू लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेको यस कार्यक्रमलाईसचिव नन्द चंसुले संचालन गरेका थिए ।