रकम अभावले आगामी मसान्तदेखि मुलुक चलाउन समस्या हुने: अर्थमन्त्री


अर्थमन्त्रालयले सदनमा रहेको सरकारको बजेट कार्तिक मसान्त सम्म पारित हुन नसकेमा मुलुकको प्रशानीक लगायत बिकासका कार्यक्रमहरु सञ्चालन गर्नकालागी कठिनाई हुने जनाएको छ । सिहदरबार स्थित अर्थमन्त्रालयमा आज आयोजीत पत्रकार सम्मेलनमा अर्थमन्त्री शुरेन्द्र पाण्डेले कार्तिक मसान्त सम्म बजेट अनिबार्य रुपमा पारित गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो । सरकारको चालु बर्षो बिनियोजन बजेट मध्ये एक तिहाई रकम खर्च भई सकेको बताउनु भएका अर्थमन्त्री पाण्डेले बजेट पारित गर्ने बिषयमा राजनीतिक पर्रार्मशहरु भइरहेको बताउनु भयो ।
अर्थमन्त्री पाण्डेले सरकारको बजेट सदनबाट नियमित प्रक्रिया अनुसार नै पारित हुने बताउनु भएको छ । उहाले सदनमा रहेको बजेट पारित गर्ने क्रममा मार्शल ल लागु नगरीने भन्दै निकासकालागी पहल भईरहेको उल्लेख गर्नु भयो । त्यसैगरी रकम नभएका कारण अव कार्तिक मसान्त पछि शिविरमा रहेका माओबादीको लडाकुको तलव भत्तापनि रोकिने भन्दै अर्थमन्त्री पाण्डेले निकासकालागी सबै तयार रहनु पर्ने बताउनु भयो । सरकारको बजेट माओबादीका कारण सदनमा अलपत्र परेपछि केहि महिना देखि मन्त्रीहरुले रकम अभावका कारण तलब खान पाएका छैनन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.