माओवादीको दोस्रो चरणको आन्दोलन सुरु, देशभर मसाल जुलुस प्रदर्शन


masal julusकाठमाडौ कार्तिक १५ । नागरिक सर्वोच्चताको माग सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको एकीकृत नेकपा माओवादीले आइताबार साँझ देशब्यापी मसाल जुलुस प्रर्दशन गरेको छ । माओवादीले केन्द्रीय नेता तथा सभाषदहरुको सहभागितामा उपत्यकाका विभिन्न ७ ठाउबाट एकसाथ ठुलो संख्यामा मसाल जुलुस निकालेको थियो । मसाल जुलुस प्रदर्शनीको काठमाण्डौको पुरानो बसपार्कबाट अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले आरम्भ गर्नुभएको थियो । बरिष्ठ नेताहरुको सहभागितमा घण्टाघरबाट विद्यार्थी, महाँकालस्थानबाट बुद्धिजिवी संगठन, महावौद्धबाट गणतान्त्रिक माच र जमलबाट काठमाण्डौ जिल्ला समितीको अगुवाइमा जुलुस निकालिएको थियो । त्यस्तै ललितपुरको लगनखेलबाट पम्फा भुषाल र भक्तपुरको पांचतलेदरबारबाट शक्ति बस्नेतको नेतृत्वमा मसाल जुलुस निकालिएकोछ । हजारौको संख्यामा निकालीएको मसाल जुलुस जमल पुतलिसडक बागबजार सहिदगेट हुँदै रत्नपार्क शान्ति बाटिकामा पुगेर टुंगिएको थियो ।

यसैगरी पोखरा, चितवन, मकवानपुर, धादिङ, नेपालगाज, धनगढी, महेन्द्रनगर, बारा, पर्सा, विरगन्ज, विराटनगर लगायतका शहर तथा जिल्ला सदरमुकामहरुमा पनि माओवादी कार्यकर्ताहरुले राष्टपतिको कदम सच्चीनु पर्ने, नागरिक सर्वोच्चता स्थापित गर्नुपर्ने लगायत माग गर्दै मसाल जुलुस प्रर्दशन गरेको स्थानीय प्रतिनिधीहरुले जनाएका छन् । माओवादी प्रर्दशनलाई मध्यनजर गर्दे ब्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरीएको थियो ।

माओवादीले घोषणा गरेको दुई साता लामो आन्दोलनको कार्यक्रम अनुसार सोमबार सबै गाविस नगरपालिकामा घेराउ तथा जनसभा कार्तिक १८ र १९ गते देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा काम ठप्प पार्ने गरी घेराउ २३ गते स्वायत्त गणराज्यको घोषणा रहेका छन् । यस्तै कार्तिक २४ गते काठमाडौं उपत्यकामा नाकाबन्दी गर्ने कार्यक्रम रहेको छ भने २६ र २७ गते सिँहदरबार घेराउ गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

यसैबिच माओवादी संसदिय बोर्डले आन्दोलनमा सकि्रय सहभागिता जनाउन सभासद्हरुलाई निर्देशन दिएकोछ । संसदियदलको कार्यलय सिंदरवारमा आइताबार बसेको बोर्ड बैठकले जिल्ला प्रशासन कार्यलय र सिंहदरवार घेराउ कार्यक्रममा सभासद्को लोगो सहितको पोसाक लगाएर अनिवार्य उपस्थितहुन निर्देशन दिएको हो । बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन सबै जन वर्गिय तथा भात्रीसंगठनलाई परिचालन गर्ने निर्णय गरेको माओवादी संसदियदलका उपनेता नारयणकाजि श्रेष्ठ प्रकाशले जनकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.