नेपाली दर्शकले फेरि उपद्रो मच्चाए


spportsकात्तिक १५, दर्शकको अभद्र व्यवहारका कारण एसियाली फुटबल महासंघ (एएफसी)ले नेपाललाई जरिवानाको निर्णय गरेको एक महिना नबित्दै दशरथ रंगशालामा फेरि नेपाली दर्शकले अर्को उपद्रो मच्चाएका छन् । एएफसी यु-१९ च्याम्पियनसिप छनोटअन्तर्गत आइतबार रंगशालामा नेपाल र जोर्डनबीच सम्पन्न तनावपूर्ण खेलदौरान दर्शकले हानेको ढुंगा लाग्दा इरानका सहायक रेफ्री सकुर हैदर नराम्ररी घाइते भए । खेल सकिन दुई मिनेट मात्र बाँकी थियो, जोर्डनका दुई खेलाडीले रातो कार्ड पाएपछि टोली ९ जनामा सीमित थियो । तथापि ९ जनाले ११ जनासँग प्रतिस्पर्धात्मक खेल्दै २-२ को बराबरीमा रहेको खेलमा गोल थपेर अग्रता लियो ।

तनावपूर्ण खेलको अन्तिम समयमा अनपेक्षित अग्रता लिएपछि जोर्डनका खेलाडीले नेपाली दर्शकलाई समेत चिढ्याउने पारामा खुसी मनाउँदै गर्दा प्यारापिटबाट आएको ढुंगा लागेर सहायक रेफ्री हैदरको टाउको फुट्यो । टाउकोमा गहिरो चोट लागेपछि तत्काल मैदानको छेउमा ढलेका सहायक रेफ्रीलाई एन्फा अधिकारी तथा डाक्टरले सम्हालेका थिए । उनलाई तत्काल उपचारार्थ त्रिपुरेश्वरकै ब्लुक्रस नर्सिङहोम पुर्‍याइएको थियो । उनको टाउकोमा तीन टाँका लगाउनुपरेको थियो । उनलाई अस्पताल लगिएपछि फोर्थ अफिसियल माल्दिभ्सका सलिम अलीले लाइनबाट रेफ्रीलाई सघाएका थिए ।

यसअघि जोर्डनका मुस्ताफा अनवरले दोस्रो रातो कार्ड पाएर मैदान छोड्ने क्रममा प्यारापिटतिर लात्तीले पानीको बोटल हानेर दर्शकलाई उत्तेजित पारेका थिए । साथमा उनलाई प्यारापिटतर्फ लैजाने क्रममा एन्फा अधिकारीले मैदानमा अलमल गर्दा पनि दर्शकको उत्तेजना बढेको थियो । जोर्डनले विजयी गोल गर्दा उत्तेजक पारामा खुसी मनाउँदा आफैं जुध्दा जाइद मोहम्मदको अनुहारमा चोट लागेको थियो । खुसीमा अंगालो मार्न खोज्दा दुई जना ठोक्किएर मोहम्मदलाई चोट लागेको थियो । तथापि जोर्डनका टिम अधिकारीहरूले भने नेपाली दर्शकले प्रहार गरेको लाइटरले लागेर मोहम्मदलाई चोट लागेको दाबी गरेका छन् ।

एन्फाका स्वयम्सेवकले तत्काल भाग्दै गरेको अवस्थामा रेफ्रीलाई ढुंगा हान्ने तीन दर्शकलाई पक्राउ गरेको एन्फा पदाधिकारीले बताएका छन् । पक्राउ परेका उनीहरूलाई सामान्य कुटपिटपछि प्रहरीको जिम्मा लगाइएको थियो । महानगरीय प्रहरी वृत्त कालिमाटीले आफूलाई एन्फाले तीन जना पक्राउ गरेर बुझाएको पुष्टि गरे पनि उनीहरूको नाम खुलाउन भने अस्वीकार गर्‍यो ।

खेल सकिएलगत्तै एएफसीबाट खटिएका माल्दिभ्सका म्याच कमिस्नर अहमद साहिरले आपतकालिन बैठक डाकी स्थानीय आयोजक एन्फाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीसँग घटना’bout छलफल गरेका थिए । छलफलका क्रममा घटना रोक्न नसक्नुको कारण’bout समीक्षा हुनाका साथै आगामी खेलका लागि अपनाउने सुरक्षा व्यवस्था’bout कुराकानी भएको स्रोतले बताएको छ । म्याच कमिस्नरले भिडियो क्लिप नहेरी एएफसीमा किटानी गरेर प्रतिबेदन दिन नसक्ने बताएको स्रोतले जानकारी गरायो । छलफलमा हामीले जोर्डनका दोस्रो रातो कार्ड पाउने खेलाडी मुस्ताफाले दर्शकलाई लक्षित गर्दै गरेको दुर्व्यवहारका कारण उत्तेजित दर्शकले विपक्षी खेलाडीलाई प्रहार गरेको ढुंगा गल्तीवस रेफ्रीलाई लागेको तर्क राख्यौ, तर म्याच कमिस्नर साहिरले त्यसको प्रमाणस्वरुप हामीसँग भिडियो रेकर्ड माग गरेका छन्, स्रोतले भन्यो ।

यसअघि एएफसी च्यालेन्ज कप २०१० को छनोटअन्तर्गत किर्गिस्तानविरुद्धको खेलमा दर्शकले मैदानमा बोटल, ढुंगा, पैसा (डबल) प्रहार गरेका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले गत महिना एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको थियो । मार्च २८ मा रंगशालामै सम्पन्न छनोट खेलमा नेपाली दर्शकले प्यारापिटबाट मैदानमा पानीको बोटल र ढुंगा प्रहार गरेका थिए । एएफसीको अनुशासन नियमावलीअनुसार दर्शकले गरेका यस्ता हुल्याहा व्यवहारको जिम्मेवारी सम्बन्धित देशको राष्ट्रिय संघले लिनुपर्नेछ ।

त्यस्तै सन् १९९९ मा हङकङमा सम्पन्न प्रिओलम्पिक छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाली दर्शकले मैदानमा गई उपद्रो गर्दा पनि एन्फाले जरिवाना तिरेको थियो । त्यस्तै २००० मा भियतनाममा एएफसी यु-१६ च्याम्पियनसिप खेल्न जाँदा पनि नेपालले अनुशासन कारवाही भोग्दै १० हजार डलर जरिवाना तिरेको थियो । सन् १९९७ मा काठमाडौमा सम्पन्न पहिलो साफ च्याम्पियनसिप फुटबलमा श्रीलंका र माल्दिभ्सबीचको खेलमा नेपाली दर्शकले अभद्र व्यवहार प्रदर्शन गर्दा पनि नेपालले जरिवाना तिर्नुपरेको थियो ।

One response to “नेपाली दर्शकले फेरि उपद्रो मच्चाए

  1. Thnaks a lot for all this information, pls keep it up

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.