Daily Archives: 02/11/2009

रकम अभावले आगामी मसान्तदेखि मुलुक चलाउन समस्या हुने: अर्थमन्त्री


अर्थमन्त्रालयले सदनमा रहेको सरकारको बजेट कार्तिक मसान्त सम्म पारित हुन नसकेमा मुलुकको प्रशानीक लगायत बिकासका कार्यक्रमहरु सञ्चालन गर्नकालागी कठिनाई हुने जनाएको छ । सिहदरबार स्थित अर्थमन्त्रालयमा आज आयोजीत पत्रकार सम्मेलनमा अर्थमन्त्री शुरेन्द्र पाण्डेले कार्तिक मसान्त सम्म बजेट अनिबार्य रुपमा पारित गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

कर्णेलको घरमा भेटियो चोरीको गाडी


pajero_493352405माओवादीले लुकाएर राखेको चोरीको गाडी कर्णेलको घरमा फेलापरेको छ । माओवादी शान्ति-प्रक्रियामा आएपछि सरकारले दिएको अस्थायी नम्बर प्रयोग गरिएको बा ०००१ अ ४६ नम्बरको रातो मित्सुबिसी पजेरो नेपाली सेनाका कर्णेल श्रीधर सिंहको सीतापाइलास्थित घरबाट नियन्त्रणमा लिइएको हो । सोही नम्बरको गाडी माओवादी केन्द्रीय सदस्य कालीबहादुर खामको नाममा टाटा सफारी दर्ता छ । पढ्नेक्रम जारी राख्नुहोस्

श्रीजंगा स्मृति रनिङ कप सम्पन्न, गुल्मी फुट्बल क्लब विजयी


राज अधिराज (हङ्कङ)

०१ नोभेम्बर २००९, किरात याक्थुङ चुङलुङ हङकङले आयेजना गरेको प्रथम श्रीजंगा स्मिर्ति रनिङ कप गुल्मी फुट्बल क्लबले जितेको छ । जोर्डन स्थित सेभेन ए साइड सकर पिजमा सम्पन्न एक दिवशीय यस प्रतियोगितामा चुम्लुङ, रिसुङगा, प्रिभे, हेहे, सन्डे, मन्डे, देउराली, गुल्मि, धरान, हिमालयन, फ्रेन्स, एभरेष्ट र नेप्लिज युथ अर्गनाईजर गरी जम्मा १३ टिम सहभागी रहेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

बुद्धको जन्मस्थल “कपिलवस्तु दिबस”


राम कुमार श्रेष्ठ (बेलायत)

kapilbastu diwasबुद्धको जन्मस्थल कपिलबस्तुलाई बिश्व सामू अरु बढी परिचित गराउने र बिश्वमा बुद्धको शान्ति सन्देश फैलाउने अभिप्रायले कपिलबस्तु दिबस बिभिन्न कार्यक्रम सहित बिश्वभर मनाउन पहलकदमी गरिएको हो । बिभिन्न देशमा छरिएर रहेका नेपाली बुद्धिजिबिहरुद्धारा यस दिबसले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तरराष्ट्रिय स्तरमा समेत आफ्नै किसिमका सांकेतिक सन्देशहरु समेत दिन सक्छ । बुद्धको देशमा हालसालै पूर्व अनुमान गरिएभन्दा फरक किसिमले  बिश्वलाई आश्चर्य चकित तुल्याउदै अत्यन्तै शान्तिपूर्ण तबरबाट स्थापना भएको गणतन्त्रको घोषणा, संयुक्त राष्ट्रसंघ अन्तर्गत बिभिन्न देशमा शान्ति स्थापनार्थ नेपालले गर्दै आएको पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली दर्शकले फेरि उपद्रो मच्चाए


spportsकात्तिक १५, दर्शकको अभद्र व्यवहारका कारण एसियाली फुटबल महासंघ (एएफसी)ले नेपाललाई जरिवानाको निर्णय गरेको एक महिना नबित्दै दशरथ रंगशालामा फेरि नेपाली दर्शकले अर्को उपद्रो मच्चाएका छन् । एएफसी यु-१९ च्याम्पियनसिप छनोटअन्तर्गत आइतबार रंगशालामा नेपाल र जोर्डनबीच सम्पन्न तनावपूर्ण खेलदौरान दर्शकले हानेको ढुंगा लाग्दा इरानका सहायक रेफ्री सकुर हैदर नराम्ररी घाइते भए । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीको दोस्रो चरणको आन्दोलन सुरु, देशभर मसाल जुलुस प्रदर्शन


masal julusकाठमाडौ कार्तिक १५ । नागरिक सर्वोच्चताको माग सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको एकीकृत नेकपा माओवादीले आइताबार साँझ देशब्यापी मसाल जुलुस प्रर्दशन गरेको छ । माओवादीले केन्द्रीय नेता तथा सभाषदहरुको सहभागितामा उपत्यकाका विभिन्न ७ ठाउबाट एकसाथ ठुलो संख्यामा मसाल जुलुस निकालेको थियो । मसाल जुलुस प्रदर्शनीको काठमाण्डौको पुरानो बसपार्कबाट अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले आरम्भ गर्नुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्