Daily Archives: 01/11/2009

अश्लील भिडियो प्रकरणमा नाम जुडेपछी पूजा लामाले गरिन् बिहे


pooja & DJ Syangtang

“न्यूज अपडेट्”

कात्तिक १५ । मोडल, नायिका एवं गायिका पूजा लामाको उनकै प्रेमी डिजे शिशिर सिङताङसँग राजधानीको भद्रकाली मन्दिरमा विवाह भएको छ । करिव १५ मिनेटमा सकिएको यो विवाहमा उनीहरुले एक अर्कालाई माला र खादा लगाईदिएका थिए । दुवैलाई फिल्मकर्मी मनोज केसीले टीका लगाईदिए र यो औपचारिकता सकियो । हाम्रो अलिपछि भव्य विवाह गर्ने तयारी थियो । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय सहमतिको सरकार आवश्यक, प्रतिबद्धता पूरा नहुनु गम्भीर चिन्ताको विषयः महासचिव वान


munसंयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले नेपालको शान्ति प्रक्रियाका मुख्य प्रतिबद्धताहरूको अझै कार्यन्वयन नभएको बताएका छन् । शुक्रबार राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा जारी गरिएको प्रतिवेदनमा यसलाई गम्भीर चिन्ताको विषय भनिएको छ । उनले दलहरूबीच विद्यमान अविश्वास, दिन दिनैको राजनीतिमा व्यतित समय र दलहरूको आन्तरिक मुद्दाले लचकताका साथ वार्ता गर्ने उनीहरूको क्षमतामा बाधा पुर्‍याइरहेको समेत उल्लेख गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

“देश मुठभेड तर्फ” प्रधानमन्त्रीद्वारा सुरक्षा प्रमूखहरुसंग छलफल- अराजकता सिर्जना गरे माओवादी आन्दोलनको प्रतिबाद गरिने; माओवादीले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने घोषणा


काठमाडौ, कार्तिक १४, एकीकृत नेकपा माओवादीको आन्दोलन सुरु हुनु एकदिन अघि प्रधानमन्त्री माधवकुमार नेपालले शनिबार सरकारका सुरक्षा प्रमूखहरुसंग मुलुकको सुरक्षा अबस्थावारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री नेपालले बालुवाटारस्थित सरकारी निवासमा चारवटै सुरक्षा निकायका प्रमुखहरुसंग सुरक्षा अबस्था ’bout जानकारी लिनु भएको बालुवाटार स्रोतले बतायो । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीद्वारा आन्दोलन र संवाद संगसंगै अघि बढाउने उल्लेख


img20091031192332माओवादी सैनिक तालिम: सैनिक ढाँचामै सिन्धुली सदरमुकाममा तालिम लिइरहेका वाईसीएल कार्यकर्ता शनिबार आएका नेता वर्षमान पुनको सुरक्षामा लामबद्ध भएर अगाडि बढ्दै । अहिले करिब ३ सय वाईसीएल कार्यकर्तालाइ माओवादीले १५ दिने सैनिक तालिम दिइरहेको छ ।

सरकारकोतर्फबाट आफूले उठाएका मागहरु सम्बोधन गर्न गम्भीर प्रस्ताव आएमा सडक आन्दोलन सशक्त रुपमा अघि बढेपनि संवाद पनि संगसंगै अघि बढाइने प्रमुख प्रतिपक्षी नेकपा एकिकृत माओवादीका नेताहरुले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पूजा लामाको अश्लील भिडियो


puja_lama_471021179

“न्यूज अपडेट्”

भिडियो सार्वजनिक गरेको आरोपमा पूजाका ब्वायफ्रेन्ड शिशिर भनिने प्रशनले माओवादी लगाएर पि्रतम पाण्डेलाई अपहरण गराए, प्रहरीले माओवादीको स्वयम्भु सम्पर्क कार्यालयमा छापा मारेर पाण्डेलाई उद्धार गर्‍यो ।

काठमाडौं, कात्तिक १४, मोडलबाट नायिका हुँदै गायिका भएकी पूजा लामाको अश्लील भिडियोले अपहरणसम्मको ‘स्क्यान्डल’ मच्चाएको छ । पूजाको अश्लील भिडियो सार्वजनिक गरेको भन्दै अपहरणमा परेका एक युवालाई प्रहरीले शुक्रबार मुक्त गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मेरो घरबाट सुरक्षाकर्मी हटाऊ : परमानन्द झा


जनकपुर, कात्तिक १४, अधिकारविहीन उपराष्ट्रपति परमानन्द झालाई आफ्नो घरमा खटिएका सुरक्षाकर्मी हटाउन सरकारसँग आग्रह गरेका छन्। सर्वोच्च अदालतको निर्णयलगत्तै सरकारले उनका सबै सुविधा कटौती गरे पनि घरमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएको छैन। पढ्नेक्रम जारी राख्नुहोस्