अल-अमाना सेक्युरिटी ग्रुप कुवेतको नेपाली क्याम्पमा २८ सेप्टेम्बर २००९ का दिन, धुमधामसँग दशैं मनाईएको छ । दशैंको केही झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/09/2009
कुवेतमा धुमधामसँग दशैं (सेप्टेम्बर २००९)
Posted in फोटोहरु
कारागारबाट प्रहरीको हतियार लुटी भागेका १५ मध्ये तीन जना कैदी पक्राउ
कञ्चनपुर कारागारबाट सोमबार साँझ भागेका १३ जना कैदीले प्रहरीको थ्रीनटथ्री राइफल लुटेको खुलासा भएको छ । कैदीहरूले सेन्ट्री बसेका प्रहरीको एक थान थ्रीनटथ्री राइफल लुटेर लगेको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले तीन जनाबाहेक अन्य १० जना कैदीलाई अझसम्म फेला पार्न सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्
बास बसेको घर भत्कँदा २५ क्रिस्चियन धर्मावलम्बीहरुको मृत्यु, ६१ घाइते, प्रमद्वारा दुःख प्रकट
१४-असोज धरान । क्रिस्चियन धर्मावलम्बीहरुको धरानमा भइरहेको धार्मिक महासम्मेलनमा क्रममा बास बसेको घर भत्कँदा गए राति २५ जनाको मृत्यु भएको छ । धरान– १९ स्थित महासम्मेलन सम्पन्न गर्न बनाइएको घरको छतले किचिएर अरू ६१ जना गम्भीर घाइते भएका छन् । अधिक मानिस सहभागी रहेको महासम्मेलनस्थलमा बनाइएको भवनको छतले किचिएर झापा वेलडाँगी शिविरकी ८२ वर्षीया दिलमाया ल्वागुन, उदयपुर ठोक्सिलाका २३ वर्षीय राजेश राई र मोरङ बेलवारी–३ का ३६ वर्षीय राजेन राईको घटनास्थलमा नै मृत्यु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
वेल्जियममा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
कृष्ण प्रसाद रेग्मी / बिकाल अधिकारी (बेल्जियम)
नेपाली जनसम्परक समिति वेल्जियमको आयोजनामा वेल्जियमको अन्त्रोपेन शहरमा विजया दशमीको अधिल्लो दिन महानवमीमा वेल्जियममा रहेका नेपाली संघ सस्थाहरुहरु विच आपसी भाइचारा अभिवृद्धि तथा शु्भकामना आदान प्रदान तथा विशेष जलपान समारोह भव्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
दुई पार्टी मिले पनि मन मिलेको छैन: सुजाता कोईराला
बेद प्रसाद खरेल / अमेरिका
न्यूयोर्क, अमेरिका नेपाली काग्रेसकी केन्द्रीय सदस्य एंव परराष्ट्र मन्त्री सुजाता कोइरालाले, न्यूयोर्कमा सेप्टेम्बर २७ आईतबार आयोजित एक कार्यक्रममा बोल्दै नेपाली काग्रेसका दुई पार्टी मिले पनि मन मिलेको अवस्था छैन भन्दै देशमा प्रजातन्त्रलाई सस्थागत गर्न, नेपाली काग्रेसका कार्यकर्ताहरु विच आपसी मदभेद त्यागेर एकता हुनुपर्ने जरुरी रहेको कुरा बताउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्