असोज १२- नेपालीको महान चाड बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । आज नौदिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजा आराधना गरी राखिएको जमरासहितको टिका लगाउने प्रचलन छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/09/2009
आज नेपालीको महान चाड विजयादशमी हर्षोल्लासका साथ मनाइँदै
Posted in समाचार-१
गणतान्त्रिक शुभकामना !!
बिहानीको उज्यालोलाई पर्खदै अन्धेरी रातमा रुमलिए पनि, झरनालाई नियालेर तिर्खाईमा तड्पिए पनि, शाहसको बाटो परिवर्तन नहोस यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जतिनै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, बिजया दशमी २०६६ सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु, फोरम झैँ बिखण्डनकारी नहुनु, यहि छ मेरो भावना, गणतान्त्रिक नेपालको पहिलो विजया दशमीको हार्दिक मंगलमय शुभकामना ।
आर.बी. बुढाथोकी
अध्यक्ष
प्रवासी प्रगतीशिल पत्रकार मन्च(कुबेत)
ईमेल : rb1998@hotmail.com
संपर्क : ९६५-६६११५३६८
Posted in समाचार-१