Daily Archives: 27/09/2009

प्रधानमन्त्री नेपालद्वारा राष्ट्रसंघीय महासभालाई सम्बोधन


प्रधानमन्त्रीको सम्बोधनको पूर्ण विवरण,

श्री सभापतिज्यू
श्री महासचिवज्यू

महामहिमहरु

प्रतिष्ठित प्रतिनिधिमण्डलका सदस्यहरु

१. सभापतिज्यू सर्वप्रथम महासभाको चालु बैठकको गरिमामय सभापति पदमा निर्वाचित हुनुभएकोमा म यहाँलाई हार्दिक वधाई ज्ञापन गर्न चाहन्छु । उपसभापतिहरुमध्ये एक भएका नाताले म यहाँको उत्तरदायित्व वहनमा मेरो प्रतिनिधिमण्डलको पूर्ण सहयोग रहने कुरामा विश्वास दिलाउन चाहन्छु । त्यसैगरी महासभाको ६३औं बैठकलाई उदाहरणीय नेतृत्व प्रदान गर्नुभएकोमा निवर्तमान सभापति महामहिम श्री मिगेल डेस्कोर्ट ब्रुकम्यानप्रति हाम्रो सरहाहना रहेको कुरा यहाँ उल्लेख गर्न चाहन्छु । पढ्नेक्रम जारी राख्नुहोस्

दशैंको शुभकामना !!


सर्वे भवन्तु सुखिनः। सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु। मा कश्चित् दुःख भाग्भवेत्॥
आयु द्रोण सुते श्रीयं दशरथे सत्रुस्च याम…राघवे,
ऐश्वोर्य नहुशे गतिस्च पवाने मनंच दुर्योधने,
दानवा सुर्य सुते बलम हलधरे सत्यम्च कुन्ती सुते
बिज्ञाने बिदुरे भवति भवताम किर्तिस्च नारायणे !

यहाँ र यहाँको संपूर्ण परिवारका सदस्यहरु सबैलाई बिजया दशमी र दिपाबलीको शुभ-कामना ! सुख, शान्ति र उत्तरोत्तर प्रगतिसंग सधैं सधैं मित्रबत संबन्ध रहोस ।

रामकुमार श्रेष्ठ / केण्ट बेलायत
omram2002@gmail.com

बिदेशमा नतमस्तक बनाउने केही प्रश्नहरु !!


रामकुमार श्रेष्ठ / केण्ट बेलायत
omram2002@gmail.com

“तपाईंको देशको मन्त्रिपरिषदले ठूलो अभियोग लगाइएको ब्यक्ति बिरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी गराउने किसिमले लिएर गएको छ रे नि, थाहा पाउनु भयो ?” – आज बिहान नेपालको बिषयमा धेरै अभिरुचि राख्ने एक जना बेलायती मित्रले जिज्ञाशा राखे मसंग । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी प्रति भारतको दोहोरो मापदण्ड


दीपक गजुरेल
उपप्राध्यापक / त्रिभूवन विश्वविद्यालय (राजनीति शास्त्र)

सर्वहारा वर्गको अधिनायकवाद स्थापना गर्ने लक्ष्य राखेको भारतीय कम्यूनिष्ट पार्टी माओवादीले भारत सरकारलाई चिन्तित तुल्याएको छ । माओवादीको गतिविधि क्रमैसंग बिस्तार हुँदैगएको कुरा भारतका प्रधानमंत्री मनमोहन सिंह स्वयम्ले स्वीकारेका छन् । मूलरुपमा ग्रमीण क्षेत्रमा सरकारी निकाय समेतलाई प्रभावहीन बनाउँदै लगेको माओवादीलाई भारत सरकारले नियन्त्रण गर्न नसकेको वास्तविकता प्रधानमंत्री सिंहले गत हप्ता बताए । पढ्नेक्रम जारी राख्नुहोस्