Daily Archives: 24/09/2009

फूटवल सम्वन्धी जानकारी !!


कुवेत नगरीमा पेशारत समस्त आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;

कुवेत-अफ्रिकन इन्टरनेशनल फिलोशिपको आयोजनामा, आगामी १५ अक्टोबर २००९ उप्रान्त १६ बिदेशी राष्ट्रहरुको बिच संचालन हुन गईरहेको फोर्थ कुवेत-अफ्रिकन इन्टरनेशनल फूटवल टुर्नामेण्टमा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयता एवं प्रतिनिधित्वमा नेपाली टिमले सहभागिता जनाउँने निश्चितप्राय भएको जानकारी गराउन चाहन्छौं । र, नेपालको तर्फबाट नेपाली टिमको प्रतिनिधित्व गर्दै टुर्नामेण्टमा सहभागिता जनाई दिन कुवेतस्थित कुनै पनि नेपाली सँघ-संस्थाहरुबाट सकृयता अर्थात अग्रसरता नदेखिएकोले नेपाल र नेपालीको गौरवलाई ध्यानमा राखी यसपटक पनि नेपाली टिमको प्रतिनिधित्व माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले नै गर्नु परेको समेत जानकारी गराउँदछौं । पढ्नेक्रम जारी राख्नुहोस्