दाङमा ३० जना एचआइभी संक्रमितहरुको मृत्यु भइसकेको एक तथ्याङ्कले देखाएको छ। एचआइभी तथा एड्स रोगीहरुको क्षेत्रमा कार्यरत एक संस्थाले यहाँ सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा उक्त रोगबाट ३० को मृत्यु भएको थाहा भएको हो । मृत्यु हुनेमध्ये १ जना नाबालक पनि रहेका छन् । त्यस्तै २१ जना प्रौढ पुरुषहरु तथा ८ जना महिला छन् । एचआइभी संक्रमितहरु मिलेर गठन गरेको संस्था दाङ प्लसले सार्वजनिक गरेको उक्त तथ्याङ्क अनुसार एचआइभी संक्रमित आमाबाबुको मृत्यु भएपछि जिल्लामा ४० जना बालबालिकाहरु टुहुरा भएका छन् । ति मध्य पनि ८ जना संक्रमित छन् । ति बालबालिकाहरुलाई एचआइभीकै क्षेत्रमा काम गरिरहेको एउटा संस्था नवकिरण प्लसले राखेको छ । तिनलाई खान बस्नका लागि यूएनडिएफ नामक दातृनिकायले सहयोग गरिरहेको छ । त्यस्तै एड्सका कारण श्रीमान गुमाएका महिलाहरु १२ जना छन् भने ८ जना महिला संक्रमित छन् । उसको तथ्याङ्कमा दाङ जिल्लामा अझैं ९७ जना जीवित मानिस एचआइभी संक्रमित छन् ।
पछिल्लो समयमा जिल्लामा एचआइभी संक्रमितहरु आफैं खुलेर बाहिर आउन थालेका छन् । जिल्लामा अहिलेसम्म संक्रमितहरुको क्षेत्रमा काम गर्ने ३ वटा संस्थाहरु खुलिसकेका छन् । त्यस्तै राप्ती उपक्षेत्रीय अस्पतालमा एचआइभी संक्रमितहरुको लागि भनेर छुट्टै उपचार कक्षकोसमेत व्यवस्था गरिएको छ । भने त्यहीबाट संक्रिमितहरुलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधी ‘एआरटी’ पनि निशुल्क वितरण गरिएको छ ।
एड्स संक्रमित अधिकांश भारतबाट आएकाहरुमा देखिएको छ । लोग्नेहरु भारतबाट काम गरी फर्किएपछि घरमा भएका श्रीमतिहरुलाई पनि संक्रमण भएको छ । दाङका ग्रामीण भेगका अधिकांश भारत गएका व्यक्तिहरु संक्रमित भएर आएपछि यहाँ पनि अरुलाई सर्ने गरेको दाङ प्लसका कार्यक्रम संयोजक प्रकाश नेपालीले जानकारी दिए । आफ्ना कार्यक्रमहरुका ’boutमा जानकारी गराउन संस्थाले बोलाएको भेलामा उनले एचआइभीबाट संक्रमितहरु अधिकांशको आर्थिक अवस्था ज्यादै कमजोर भएको पनि बताए । ‘संक्रमितहरु यहींबाट एआर टी बोकेर भारतमा काम गर्न जानुपर्ने बाध्यता छ’ उनले भने ‘कति त औषधी नपाएरै मरिरहेका छन् ।’
sex market le nepal lai dubaune bhayo