अमेरिकीले नेपाललाई झण्डै १५ अर्व ७३ करोड ४० लाख रुपैयाँ सहयोग उपलब्ध


काठमाडौ – अमेरिकीले नेपाललाई आगामी पाँच वर्षको लागि झण्डै १५ अर्व ७३ करोड ४० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । अमेरिकी विकास नियोग (यूएसएआइडी) मार्फत प्रदान गरिने यो रकम नेपालमा शान्ति स्थापना, प्रजातन्त्र तथा सुशासनको सबलीकरण, सुदृढ स्वास्थ्य सेवा, आर्थिक विकास र शिक्षामा सहयोग र मानवीय संकटको बेलामा प्रयोग गरिने जनाइएको छ । अर्थ मन्त्रालयका सहसचिव कपिलदेब घिमिरे र यूएसएआइडीका निर्देशक डा. केभिन ए. रसिङ्गले आ–आफ्नो सरकारको तर्फबाट अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौताअनुसार यूएसएआइडीले नेपाल सरकारलाई आफ्ना जनता खासगरी गरीबहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुको साथै नेपालको स्वास्थ्य सम्बन्धी २०१५ सहस्राब्दी लक्ष्य प्राप्त गर्ने प्रयासमा सहयोग गर्न ६ अर्ब ३३ करोड २० लाख रुपैयाँ उपलब्ध गराउनेछ । राष्ट्रिय तथा स्थानीयस्तरमा शान्ति स्थापनाका लागि ९२ करोड १० लाख रुपैया उपलब्ध गराइने भएको छ । यस अन्तर्गत यूएसएआइडीले समुदायहरु, नागरिक समाज र सरकारबीच मैत्रीपूर्ण बातावरणको सृजना गरी क्षतिग्रस्त भौतिकसंरचनाहरुको पुर्ननिर्माण र शान्ति प्रकृयालाई सहयोग गर्ने भएकोछ । सम्झौतानुसार यूएसएआइडीले नेपालमा प्रजातन्त्र र सुशासन कार्यक्रमहरुको लागि ४ अर्ब ६ करोड ८० लाख रुपैया उपलब्ध गराउनेछ ।
यस्तै, यूएसएआइडीले आर्थिक विकास कार्यक्रमको लागि ४ अर्ब ३३ करोड ६० लाख रुपैयाँ उपलब्ध गराउनेछ। यस कार्यक्रमले सरकार, निजी क्षेत्र, नागरिक समाजसम्बद्ध संगठनहरुलाई निजीक्षेत्रमुखी बृद्धिको लागि व्यवसायिक बातावरणमा सुधार; प्रतिस्पर्धा र निर्यातलाई प्रोत्साहन; कृषिको उत्पादकत्वमा बृद्धि; र लघुवित्त नीति र संस्थाहरुलाई मजबुद बनाउन सहयोग पुर्‍याउनेछ । यूएसएआइडीले ७ करोड ६७ लाख ५० हजार रुपैयाँ सहयोग तराईमा जारी बाढीको प्रकोपपछि पुननिर्माण कायसहितका मानवीय सहायता तथा पुनर्स्थापन कार्यक्रमको लागि उपलब्ध गराउने भएको छ ।
सो अवसरमा अमेरिकी विकास नियोगका निर्देशक डा. रसिङ्गले नेपालका सम्पूर्ण सहायता कार्यक्रमहरुमा समाजिक समावेशी र नेपालका युवा वर्गलाई विशेष जोड दिइने उल्लेख गरे ।
“समाजका सबै सदस्यहरु खासगरी युवा र ऐतिहासिकरुपमै सुविधाबाट बञ्चित समूहको बृहत सहभागिताको विशेष महत्वको ’boutमा राम्रो जानकारी छ । हाम्रा सम्पूर्ण कार्यक्रमा यी समूहलाई सहभागी गर्नु हाम्रो प्रमुख प्राथमिकता हो” डा. रसिङ्गले भने ।

One response to “अमेरिकीले नेपाललाई झण्डै १५ अर्व ७३ करोड ४० लाख रुपैयाँ सहयोग उपलब्ध

  1. pheri chor nepal haru lai phaida hune bhayo

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.