Daily Archives: 22/09/2009

चौथो गैरआवासीय सम्मेलन असोज २७ देखि काठमाडौंमा हुने पक्का


६-असोज, काठमाडौ । तेस्रो मुलुकमा बसोवास गरिरहेका गैरआवासीय नेपालीको तीनदिने चौथो विश्व सम्मेलन आगामी असोज २७ गतेदेखि काठमाडौँमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न परराष्ट्र मन्त्री सुजाता कोइरालाको संयोजकत्वमा वरिष्ठ सरकारी अधिकारीहरु, उद्यमी, व्यवसायी, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी र लब्धप्रतिष्ठित व्यक्ति सम्मिलित उच्चस्तरीय आयोजक समितिसमेत गठन भएको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्