२-असोज-२०६६, हिन्दूको महान् चाड बडादसै आजदेखि पन्ध्रदिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ । बडादसैको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दसैघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीकाग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ । जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ–आफ्ना घरआँगनलाई लिपपोत गरी सिँगारेर सफासुग्घर राखिन्छ ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरिन्छ । बडादसैँको सातौँ दिन मुलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूर्णिमाका दिन घटस्थापनाका दिन जमरा विसर्जन गरी साँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ ।
चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ । परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठमा नवरात्रि पूजा आरम्भ गरिन्छ । विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्य सपरिवार बसेर दसैँ मनाउन घर फर्कने क्रम सुरु भइसकेको छ। घर जान र घर फर्कनाका लागि राजधानीमा मानिस आउने र यहाँबाट बाहिर जाने क्रम बढिरहेको छ । बडादसैँका अवसरमा आजदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालत कोजाग्रत पूर्णिमासम्ममका लागि बिदा गरिएका छन् ।
Vijayadasami ko subha upalakchhya ma MESC ko sampurna membar mitra tatha sallahakar sathiharu ma saflta ko kamana gardachhu.
बिजया दशमी अनि शुभ-दिपावली २०६६ को हार्दिक मंगलमय शुभ-कामना!!!
उही परदेश बाट
हरि कृष्ण न्यौपाने (घायल)
harineupane_3@yahoo.com
कालिका गा.बि.स. वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोक
हाल अनकुण्डा बलाद ईराक