Daily Archives: 19/09/2009

हिन्दुहरुको महान चाढ बडादसै आजदेखि सुरु


२-असोज-२०६६, हिन्दूको महान् चाड बडादसै आजदेखि पन्ध्रदिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ । बडादसैको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दसैघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी प्रचण्डद्वारा दशैं तिहार पछि निर्णायक विद्रोह थाल्ने धम्की


सत्ताधारी दलहरुले सरकार नछोडे दशैं तिहार पछि आफ्नो दलले निर्णायक आन्दोलन गर्ने चेतावनी दिंदै माओवादी अध्यक्ष प्रचण्डले अबको आन्दोलन अन्तिम र निर्णायक हुने अनि त्यसबाट विश्व नै चकित हुने बताएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले दिएको आदेशको पालना नभए दशैंतिहार पछि अन्तिम आन्दोलन शुरु गर्ने चेतावनी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्