दुबईमा नेपाली कामदार माथी कारबाहि,सात दिनको जेल सजाए पछी स्वदेश फिर्ता


यूएई, १६ सेप्टेम्बर २००९ – मध्यपुर्व मध्यको संयक्त अरब इमिरेट्स यूएईको एक कम्पनीले केहि नेपाली कामदारलाई हड्तालमा संलग्न भएको भन्दै निष्कासन गरेको छ । दुबईको अल हब्त्तुर इन्जिनियरिङ कम्पनीले १ सय ८ जना नेपाली कामदारलाई निष्कासन गरेको हो । कम्पनीले हड्तालमा संलग्न भएको आरोप लगाए पनि पिडीत कामदारहरु भने त्यो झुट्टा भएको बताउछन । पिडितहरुका अनुसार कम्पनी समक्ष तलबको माग गर्दै भारतिय तथा पाकिस्तानी कामदारहरूले भाद्र १५  गतेबाट हड्ताल सुरु गरेका थिए । तर अन्यायपुर्ण ढङ्गबाट आफुहरुलाई कारबाही गरिएको उनिहरुको भनाइ रहेको छ ।     
नेपाली कामदारहरु भारतिय तथा पाकिस्तानी कामदारहरूले गरेको हड्तालमा सम्लग्न नभएको र कम्पनीको नियम अनुसार कम्पनीले खटाएको  काम नियमित गरिरहेको तर हड्तालमा संलग्न नभएका सबै नेपाली कामदारलाईनै निष्कासन गरिदिएको पिडितहरुलेबताए । हड्तालमा संलग्न भएको आरोपमा कम्पनीको क्याम्पमै बसिरहेको अवस्थामा सुरक्षा फौजको सहयोगमा पक्राउ गरी जेल चलान गरिएको र एक हप्ता पछी भिसा नै रद्द गरी नेपाल फिर्ता पठाउन सुरु गरेको पिडितहरुले बताए । निष्काशित हुनेहरुमा मिस्त्री, कारपेन्टर, स्टिल फिक्चर लगायत कम्पनीमा सात महिना देखि नौ वर्ष काम गर्दै आइरहेका परेका छन । नेपाली कामदारसँगै भारतीय र पाकिस्तानी कामदार पनि  निष्कासनमा परेका छन् । जेलमा नेपाली, भारतीय र पाकिस्तानी गरी दुई सय ४१ जना भएको पिडीतहरूले बताए ।
यस ’boutमा नेपाली राजदुतावासका कर्मचारी लोक बहादुर क्षेत्रीले फोन सम्पर्कमा, अल हब्त्तुर कम्पनीले यो विषयमा आबुधाबीस्थित नेपाली दूतावासलाई समेत जानकारी नदिएको, कम्पनीको आधिकारिक व्यक्ति सम्पर्कमा हालसम्म नआएको बताए । साथै कामदारहरुले पनि त्यसरी बिरोध गर्नुभन्दा पहिला राजदुतावासलाई जानकारी नदिएको, यदी कामदारहरुलाई कुनै समस्या भोग्नु परेको भए राजदुतावास मार्फत प्रकृयागत रुपमै उहाहरुलाई सहयोग गर्न सकिन्थ्यो तर उहाहरुले त्यसो गर्नु भएन । उल्टै हातपात सम्म भएको, यूएईको कानुनले प्रतिबन्ध गरेको आन्दोलन तथा बिरोध गर्न नहुने ब्यबस्थाको उल्ल्घन गरेकोले पनि नेपाली कामदारहरुलाई कारबाही गरेको हुनसक्ने उनको भनाई रहेको छ ।    
कम्पनीले आर्थिक मन्दीको कारण देखाउदै अतिरित्त घण्टा काम बन्ध गरेपछी कामदारहरु मर्कामा परेका थिए । त्यसैले सो अतिरिक्त घण्टा काम कम्पनीले दिनुपर्ने माग गर्दै दैनिक ज्यालामा मज्दुरी गर्दै आएका केहि कामदारहरु आफ्नो नियमित काममा जान बन्द गरी क्याम्पमै बसी बिरोध जनाएको अहिले कम्पनीको मातहतमा काम गर्दै गरेका कामदारहरु बताउछन ।
कारबाहीमा नपरेका मध्यका प्राय सबैले दुख ब्यक्त गरेका छन । उनिहरुका अनुसार अचानक क्याम्पबाटै पक्राउ गरेको र जेलबाट सिधै बिमानस्थल पुराइ नेपाल पठाइएकोले उनिहरु सबैका सामानहरु क्याम्पमै रहेको छ । कतिपयलाई त झन भारतको दिल्ली हुँदै पठाइएको छ । सबैसँग खर्च पानीको लागी पैसा पनि नभएकोले अहिले उनिहरु कतिपय भारतको दिल्लीमा र कतिपय काठमार्डौमा अलपत्र परेको बताइएको छ ।
स्मरण रहोस दुबई लगायत मध्यपुर्व अन्तर्गतका खाडी मुलुकहरुमा कुनै पनि किसिमका बिरोध र आन्दोलन जस्ता कार्यहरु गर्न त्यहाँको कानुनले नै बन्देज गरेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.