माओवादी लडाकुलाई सरकारी नियन्त्रणमा ल्याउने प्रक्रिया शुरु


Prachanda hkप्रचण्डको गोप्य हङकङ भ्रमण: हङकङ विमानस्थलमा धर्मपत्नी सीता दाहाल, माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र विदेश विभाग सदस्य मनोज थापासहित पुष्पकमल दाहाल (प्रचण्ड), प्रचण्डले दशैं अगाडि नै वर्तमान सरकार ढल्ने निश्चितप्रायः रहेको बताएका छन् । अब माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुन्छ ।

सेना समायोजन विशेष समितिको प्राविधिक टोलीले माओवादी लडाकुहरुको लागि आचारसंहिता तथा रेखदेखका निम्ति तयार पारेको मस्यौदा सो समितिलाई बुझाएपछि लडाकुलाई नियन्त्रणमा लिने प्रक्रिया शुरु भएको अधिकारीहरुले वताएका छन् ।
माओवादी सेना रेखदेख, समायोजन तथा पुनर्स्थापनाका लागि गठित विशेष समितिले माओवादी लडाकुलाई नियन्त्रणमा लिने प्रक्रिया शुरु गरेको अधिकारीहरुले वताएका छन् । विशेष समिति अन्तर्गतको प्राविधिक समितिले लडाकुहरुको लागि आचारसंहिता तथा रेखदेखका निम्ति तयार पारेको मस्यौदा आइतबार विशेष समितिलाई बुझाएको थियो । प्राविधिक समितिमा माओवादी काँग्रेस र एमाले प्रतिनिधि रहेका छन् । तिनले १० दिन लगाएर उक्त मस्यौदा तयार पारेका थिए ।

प्रस्ताव
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा उनले लडाकुहरु विशेष समिति अन्तर्गत रहेको घोषणा गरे पनि व्यवहारिक रुपमा त्यो लागू भएको थिएन । प्राविधिक समितिका एकजना सदस्य दीपक प्रकाश भट्टका अनुसार मस्यौदामा माओवादी लडाकु अबदेखि विशेष समिति अन्तर्गत रहने प्रस्ताव गरिएको छ । त्यस्तै शिविर अनुगमनका लागि सरकारी अधिकारी, माओवादी कमाण्डर र पूर्व सैनिक या प्रहरी रहने संयन्त्र पनि प्रस्तावित छ । त्यो संयन्त्रले माओवादीको शिविरमा आवतजावत तथा थन्क्याइएका हतियारको पनि निगरानी गर्ने भनिएको छ । विशेष समितिले पारित गरेपछि सबै शिविरमा अनुगमन संयन्त्र रहनेछ, भट्टले वताए । उनका अनुसार त्यसपछि लडाकुलाई दिइने विकल्पको खोजी गरिनेछ ।
भट्टले राजनीतिक रुपमा जे सहमति हुन्छ त्यसैको आधारमा लडाकु व्यवस्थापन प्रकृया तय गरिने वताए ।

सहमतिको खोजी
माओवादीले चाहिं लडाकुको सम्पूर्ण व्यवस्थापन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच हुने निर्णयमा भर पर्ने वताएको छ । नयाँ संविधानमा नेपाली सेनाको स्वरुप कस्तो रहने र कति लडाकुलाई कसरी समायोजन गर्ने भन्ने विषय टुंगो लगाउन प्रमुख दलहरुबीच त्यस्तो सहमति आवश्यक रहेको माओवादी सेनाका प्रवक्ता चन्द्रदेव खनाल बलदेवको भनाइ छ । प्राविधिक समितिले भनेर मात्र हुन्न राजनीतिक शीर्ष तहमा जे निर्णय हुन्छ त्यसैका आधारमा प्रकृया अगाडि बढ्नेछ, खनालले भने । बृहद शान्ति संझौता अनुसार बनेको विशेष समितिले भनेझैं लडाकु व्यवस्थापन हुन सके धरापमा परेको जस्तो देखिएको शान्ति प्रकृयामा महत्वपूर्ण उपलब्धी हुने ठानिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.