अमेरिका जाँदै गरेका १५ नेपालीहरुलाई कोस्टारिकाका प्रहरीद्वारा पक्राउ


मध्य अमेरिका राष्ट्र कोस्टारिकाका प्रहरीले अवैधरुपमा अमेरिका जाँदै गरेका १५ नेपालीलाई हिरासतमा लिएको अमेरिकी न्युज एजेन्सी एपीले जनाएको छ । पन्ध्र नेपालीसँगै ४७ जना अफ्रिकन कामदार पनि समातिएका छन् । कोस्टारिका सुरक्षा मन्त्रालयका प्रवक्ता सरजियो लोपेजलाई उद्धृत गर्दै एपीले जनाएअनुसार ती कामदारहरुलाई तीनजना कोलम्बियाका मानव ओसारपसारमा संलग्न व्यक्तिहरुद्वारा अमेरिका लाँदै गरिएका हुन् ।
ती समातिएका नेपाली र अफ्रिकन कामदारको शरीरमा पानीको मात्रा कम भएको हुनाले उनीहरुलाई उपचार गरी हिरासतमा राखिएको लोपेजले जनाएको छ । उक्त मन्त्रालयले जनाएअनुसार एक नाम नखुलेका नेपालीले आफू नेपाल छाडी साउथ अफ्रिका आउनका लागि एक महिना भारतमा बिताएको र पछि अफ्रिका आएपछि उनलाई अमेरिका लानका लागि डुङ्गामा राखिएको बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.