Daily Archives: 15/09/2009

प्रधानमन्त्रीको भारतभ्रमका सहमति कार्यान्वयन गर्न भारत तयार


नेपाल र भारतविच प्रधानमन्त्री माधवकुमार नेपालको भारतभ्रमणका क्रममा भएका सहमति कार्यान्वयन गर्ने सहमति भएको छ । आज भएको सचिव स्तरीय वार्तामा प्रधानमन्त्रीको भारतभ्रमणका क्रममा भएका सहमति कार्यान्वयन गर्ने सहमति बनेको हो ।  नेपाल भ्रमणमा आउनुभएका भारतीय विदेश सचिव निरुपमा राव र परराष्ट्रसचिव ज्ञानचन्द्र आचार्यबीच आज भएको छलफलमा सहमतिलाई चाँडो कार्यान्वयन गर्ने ’boutमा छलफल भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति पोखरा आउने भएपछि पोखराको सुरक्षा व्यवस्था कडा करीब नौसय नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित चोक-चोकमा सुरक्षा जाँच


rastrapatiराष्ट्रपति डा. रामवरण यादवले आजदेखि पोखरामा शुरु हुने सामुदायिक वनको अन्तरराष्ट्रिय गोष्ठीको उद्घाटन गर्न पोखरा आउनुहुने भएको छ । राष्ट्रपति बनेपछि राष्ट्रपति डा। यादवको पोखरा आगमन पहिलो हुनेछ । राष्ट्रपति डा. यादव बिहान करीब नौ बजे हेलिकप्टरमार्फत् पोखरा आउने भएपछि पोखराको सुरक्षा ब्यवस्था कडा गरिएको छ । पोखराका विभिन्न चोकचोकमा प्रहरी खटाइएको छ भने ठाउँ ठाउँ र चोक-चोकमा सवारी साधनहरु रोकी चेकजाँच गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी लडाकुलाई सरकारी नियन्त्रणमा ल्याउने प्रक्रिया शुरु


Prachanda hkप्रचण्डको गोप्य हङकङ भ्रमण: हङकङ विमानस्थलमा धर्मपत्नी सीता दाहाल, माओवादीका विदेश विभाग प्रमुख कृष्णबहादुर महरा र विदेश विभाग सदस्य मनोज थापासहित पुष्पकमल दाहाल (प्रचण्ड), प्रचण्डले दशैं अगाडि नै वर्तमान सरकार ढल्ने निश्चितप्रायः रहेको बताएका छन् । अब माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुन्छ ।

सेना समायोजन विशेष समितिको प्राविधिक टोलीले माओवादी लडाकुहरुको लागि आचारसंहिता तथा रेखदेखका निम्ति तयार पारेको मस्यौदा सो समितिलाई बुझाएपछि लडाकुलाई नियन्त्रणमा लिने प्रक्रिया शुरु भएको अधिकारीहरुले वताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिका जाँदै गरेका १५ नेपालीहरुलाई कोस्टारिकाका प्रहरीद्वारा पक्राउ


मध्य अमेरिका राष्ट्र कोस्टारिकाका प्रहरीले अवैधरुपमा अमेरिका जाँदै गरेका १५ नेपालीलाई हिरासतमा लिएको अमेरिकी न्युज एजेन्सी एपीले जनाएको छ । पन्ध्र नेपालीसँगै ४७ जना अफ्रिकन कामदार पनि समातिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्