“सहिद” पत्नीहरुले दोस्रो विवाह गर्न थाले, वृद्धवृद्धा सहाराबिहीन


जनयुद्धका समयमा सरकारी पक्षबाट मारिएका  माओवादी नेता तथा कार्यकर्ताका पत्नीहरूले अर्को विवाह गर्न थालेका छन् । बुहारीहरूले अर्को बिहे गर्न थालेपछि मृतकका वृद्ध बाबुआमा सहाराबिहीन भएका छन् । विगत ७ वर्षदेखि राहतको प्रतीक्षामा बस्दै आएका मृतकका वृद्ध बाबुआमा नातिनातिना सम्हाल्दै दिन काटिरहेका छन् । कपिलवस्तुमा सबैभन्दा बढी मारिएका शिवपुर- ९ का ६ जनाका श्रीमतीले दोस्रो बिहे गरेका छन् । द्बन्द्बका बेला उक्त गाविसमा ११ जना मारिएका थिए । बुहारीहरु अर्कैसँग विवाह गरेर गएपछि सहाराबिहीन भएका वृद्धवृद्धाहरुले सरकारसँग सहयोगको आग्रह गरेका छन् । उनीहरु अहिले नातीनातिनीसँग बस्दै आएका छन् ।
 
माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारले प्रत्येक “सहिद” परिवारलाई सहयोगस्वरुप एक/एकलाख रुपैयाँका दरले रकम प्रदान गर्ने र अन्य सेवा सुविधा निरन्तर दिने घोषणा गरे पनि पीडितहरुले सहयोग पाएका छैनन् । सशस्त्र द्वन्द्वको समयमा दुवै छोरा गुमाएकी शिवपुर- ६ बनियाँभारकी ६० वर्षीया देवीमाया सुनारले सरकारले सहयोग नगरेका कारण आफू सहाराबिहीन भएको गुनासो गरिन् । “वृद्ध भत्तासमेत पाएकी छैन”- उनले भनिन् ।

One response to ““सहिद” पत्नीहरुले दोस्रो विवाह गर्न थाले, वृद्धवृद्धा सहाराबिहीन

  1. hoina k dukhad lagdo gatana bayak aaru k news chaina ta hami sanga editor jee??????

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.