माओवादीले वाइसीएललाई अर्धसैनिक बल बनाउने


एकीकृत नेकपा माओवादीले वाइसीएललाई अर्ध सैनिक संरचना अन्तर्गत सेक्सनदेखि विग्रेडस्तर सम्म निर्माण गर्ने निर्णय गरेको छ ।उदयपुरमा भएको किराँत गणराज्यको विस्तारित बैठकले नागरिक सर्वोच्चता कायम गर्न, जनसंविधान निर्माण गर्न, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका अर्ध सैनिक संरचना तयार पार्नु परेको ठहर गरेको हो । बैठकको निणर्यसंगसंगै अर्ध सैनिक बललाई केही दिन भित्रमा नै ब्यारेक स्टिममा राखिने बताइएको छ । यसरी गठन गरीएको संरचनामा सिपाहीदेखि विग्रेड कमाण्डर सम्म हुने माओवादीले जनाएको छ ।
यसरी निर्माण गरिएको सैनिक संरचनाले जिल्लामा रहेर सर्बसाधारण जनतालाई दुख दिने जाली, फटाहा, कमिशनखोरी, घुसखोरी, भष्ट्राचारीहरुको भण्डाफोर गर्ने, त्यसको प्रकृती हेरी आवश्यकता अनुसार नाम लिस्टिङ्ग गर्ने र कारबाही गर्ने बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।
राज्यको जिल्ला स्तरदेखि गाउँ स्तर सम्म रहेको योङ्ग कम्युनिष्ट लिगलाई परिवर्तन गरी अर्ध सैनिक संरचनामा ल्याई तत्कालै तलदेखि माथि सम्म रहेको जाली फटाहाहरुलाई नियन्त्रण लिइने माओवादी नेता भीमबहादुर अधिकारीले बताउनुभयो । माओवादीले अर्ध सैनिक संरचना र पार्टीका जनवर्गिय संगठनहरुलाई परिचालन गरी नागरिक सर्वोच्चताको आन्दोलनबाट राष्ट्रिय सरकार निर्माण गरेरै छाड्ने बताएको छ ।
पार्टीका युवा दस्ताको रुपमा रहेको योङ्ग कम्युनिष्ट लिगलाई अर्ध सैनिक संरचना माओवादीले बनाउने घोषणा गर्नु पहिला नै अन्य राजनीतिक दलले वाइसिएल अर्ध सैनिक भएकोले तत्काल विघटन गर्नु पर्ने माग राख्दै आएको थियो । माओवादीले भने योङ्ग कम्युनिष्ट लिग पूर्व जनमुक्ति सेना भएकोले उनीहरुलाई तालिमको आवश्यकता नपर्ने भएकोले यसरी अर्ध सैनिक संरचना बनाएको बताएको छ । अर्ध सैनिक बलका लागि आवश्यक पर्ने हातहतियारको ’boutमा भने केही उल्लेख नगरेपनि त्यसलाई चाहिने सामाग्री तयारी अवस्थामा रहेको श्रोतले बताएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.