प्रदेशको संख्या तथा राष्ट्रपति वा प्रधानमन्त्रीय पद्धति के हुने भन्ने ’boutमा टुङ्गो लागेमा पाँचै दिनमा संविधान बन्ने अर्थमन्त्री पाण्डेको दाबी


अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकमा कतिवटा प्रदेश बनाउने तथा राष्ट्रपति वा प्रधानमन्त्री कुन कार्यकारी हुने र यी दुईपद सोझै जनताबाट निर्वाचित गर्ने कि संसदबाट निर्वाचित गर्ने भन्ने कुराको टुङ्गो लागेमा पाँचै दिनमा संविधान निर्माण हुनसक्ने दाबी गर्नुभएको छ । पोखरा उद्योग वाणिज्य संघको ५५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले सो दाबी गर्नुभएको हो । वहाँले अहिले पनि राजनीतिक पार्टीहरुका बीच मुलुकमा कतिवटा प्रदेश बनाउने तथा राष्ट्रपति वा प्रधानमन्त्री कुन कार्यकारी हुने र यी दुईपद सोझै जनताबाट निर्वाचित गर्ने कि संसदबाट निर्वाचित गर्ने भन्ने विषयहरुमा विवाद रहेको स्पष्ट पार्नुभयो ।
एकीकृत नेकपा माओवादीले वर्तमान सरकारलाई कठपुतली भनी आन्दोलन सरकारकाविरुद्ध आन्दोलन गरिरहेको परिप्रेक्ष्यमा पनि मन्त्री पाण्डेले सरकारको नीति तथा कार्यक्रमहरु पारित भईसकेकाले सरकारले पेश गरेको बजेट पनि संविधानसभाबाट नै पारित हुने दाबी गर्नुभयो । संसारमा कहींकतै बजेट पारित हुनबाट रोक्ने प्रचलन नरहेको उदाहरण प्रस्तुत गर्नुहुँदै बजेट रोकिएमा माओवादीका साँसदहरुको पनि तलब भत्ता रोकिने भएकाले पनि बजेट पारित भएरै छाड्ने बताउनुभयो ।
सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले पोखरामा हाल रहेको पोखरा विमानस्थलको जग्गा बिक्री वितरण गरी आएको रकमले पोखरामा अन्तरराष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउन रकम पुग्ने जिकिर गर्नुहुँदै सोही अनुरुप सरकार-नीजिक्षेत्र साझेदारी नीति कार्यक्रम अनुसार महासंघले पोखरामा अन्तरराष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल गर्न तयार रहेको जानकारी दिनु भयो ।
नेपाल उद्योग वासणज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको सो प्रस्तावलाई अर्थमन्त्री पाण्डेलेसोझै इन्कार त गर्नुभएन । तर यसरी पुरानो विमानस्थल बिक्री गरेर नयाँ विमानस्थल बनाउँदा राजनीतिक खिचातानी र विवाद हुनसक्ने धारणा राख्नुभयो । वहाँले पोखरामा अन्तरराष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाउनका लागि छिमेकी चीनसँग १५ अर्ब रुपियाँ शुलभ ब्याजदरमा ऋण लिन लागिएको जानकारी दिनुहुँदै प्रधानमन्त्री माधवकुमार नेपालको चीन भ्रमणका क्रममा यस’boutमा सम्झौता हुने बताउनुभयो । तर वहाँले तीनवर्ष अघि उपल्लो त्रिशुलीमा जलविद्युत् परियोजना बनाउनका लागि नेपाल र चीनबीच सम्झौता भएपनि अहिलेसम्म परियोजना निर्माणका लागि ठेक्कापट्टा समेत नभएको उदाहरण देखाएर पोखरामा अन्तरराष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माणमा रकम नदिने पो हो कि भन्ने आशंका वयक्त गर्नुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.