कृषि उत्पादनमा ८० प्रतिशतले गिरावट आएपछि बाजुराका ११ वटा गाविसमा भोकमरी सुरु भएको छ । बाजुरामा अब एक साताभन्दा बढीका लागि खाद्यान्न नभएकोले अबका दिनमा भोकमारीले झन् उग्र रुप लिनसक्ने बताइएको छ । बाजुराको कोल्टी खाद्य डिपोबाट सातामा तीन पटकमात्र एक परिवारलाई ५ किलोका दरले चामल बाँड्ने गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/09/2009
माओवादीले वाइसीएललाई अर्धसैनिक बल बनाउने
एकीकृत नेकपा माओवादीले वाइसीएललाई अर्ध सैनिक संरचना अन्तर्गत सेक्सनदेखि विग्रेडस्तर सम्म निर्माण गर्ने निर्णय गरेको छ ।उदयपुरमा भएको किराँत गणराज्यको विस्तारित बैठकले नागरिक सर्वोच्चता कायम गर्न, जनसंविधान निर्माण गर्न, राष्ट्रिय स्वाधिनताको रक्षा गर्न, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका अर्ध सैनिक संरचना तयार पार्नु परेको ठहर गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
“सहिद” पत्नीहरुले दोस्रो विवाह गर्न थाले, वृद्धवृद्धा सहाराबिहीन
जनयुद्धका समयमा सरकारी पक्षबाट मारिएका माओवादी नेता तथा कार्यकर्ताका पत्नीहरूले अर्को विवाह गर्न थालेका छन् । बुहारीहरूले अर्को बिहे गर्न थालेपछि मृतकका वृद्ध बाबुआमा सहाराबिहीन भएका छन् । विगत ७ वर्षदेखि राहतको प्रतीक्षामा बस्दै आएका मृतकका वृद्ध बाबुआमा नातिनातिना सम्हाल्दै दिन काटिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
प्रहरीको हतियार लुट्ने प्रहरीकै फन्दामा
सिराहबाट केही दिनअघि प्रहरीको हतियार लुट्ने अशोक यादव पक्राउ परेका छन् । सिरहाको कचनाडी- २ निवासी यादवलाई शुक्रबार राति ११ बजे उनकै घरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । यादव तराई जनतान्त्रिक पार्टी (तुफान सिंह) समूहसँग आवद्ध रहेको प्रहरीले जनाएको छ । लुटेको हतियार स्थानीय बासिन्दाले लुटिएकै दिन यादवसँग खोसेर प्रहरीलाई बुझाएका थिए ।
Posted in समाचार-१
प्रदेशको संख्या तथा राष्ट्रपति वा प्रधानमन्त्रीय पद्धति के हुने भन्ने ’boutमा टुङ्गो लागेमा पाँचै दिनमा संविधान बन्ने अर्थमन्त्री पाण्डेको दाबी
अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकमा कतिवटा प्रदेश बनाउने तथा राष्ट्रपति वा प्रधानमन्त्री कुन कार्यकारी हुने र यी दुईपद सोझै जनताबाट निर्वाचित गर्ने कि संसदबाट निर्वाचित गर्ने भन्ने कुराको टुङ्गो लागेमा पाँचै दिनमा संविधान निर्माण हुनसक्ने दाबी गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१