Daily Archives: 12/09/2009

NRNA कुवेतको निर्वाचन कार्यक्रम सम्पन्न, २ वर्षे कार्यकालको कार्यकारिणी समिति गठन


जय आले/चन्द्र तामाङ, कुवेत

“नेपालको लागि नेपाली र नेपालीका लागि नेपाली” भन्ने मुल नारालाई आत्मसात गर्दै विश्वको ५२ औं मुलुकहरुमा स्थापना भई सकेको गैर-आवासिय नेपाली सँघ कुवेत नगरीमा पनि आधिकारिक रुपमा स्थापना भएको छ । गत १७ जुलाई २००९ मा NRN-ICC सचिव सागर नेपाल कतारको पहल, NRNA-NCC यूएईका अध्यक्ष चुडामणी ढकालको प्रमुख आतिथ्य र माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयतामा स्थापना भएको, NRNA-NCC कुवेत तदर्थ समितिको आयोजनामा ११ सेप्टेम्वर २००९ मा कुवेतवासी नेपालीहरुको सामुहिक भेलाले एक निर्वाचन पद्दति अपनाई २ वर्षे कार्यकालको लागि २८ सदस्यीय कार्यकारिणी समितिको गठन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको चीनभ्रमणमा भारतको चासो


प्रधानमन्त्री माधवकुमार नेपालको आसन्न चीन भ्रमण ’bout भारतले चासो व्यक्त गरेको छ । नेपालका लागि भारतीय राजदुत राकेश सुदले प्रधानमन्त्री नेपाललाई भेटी भ्रमण चासो राखेका हुन् । प्रधानमन्त्री माधबकुमार नेपालको आसन्न चीन भ्रमणमा भारतले चासो राखेको छ । प्रधानमन्त्री नेपाललाई आज विहान बालुवाटारमा भेट गरेका हुन् ।

भेटमा नेपाल भारतका ब्यावसायीहरुको पनि सहभागिता थियो । भेटमा राजदूत सूदले नेपालभारत सम्बन्धमा दूरगामी असर पुर्‍याउन सक्ने कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्री नेपाललाई दवाव दिएको बुझिएको छ । प्रधानमन्त्री नेपालले पनि भारत र चीन असल छिमेकि रहेकाले सम्बन्धमा असर पर्ने कुनै सम्झौता नहुने बताएका र्थि । सुदले पछिल्लो राजनितिक घटनाक्रम’bout पनि चासो राखेका थिए ।