Daily Archives: 11/09/2009

वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर पितृको श्राद्ध


 बाहुनलाई बोलाएर श्राद्ध गरेमा स्वर्गीय पितृहरुले पाउँछन् र स्वर्गमा सुखको बास हुन्छ भन्ने नेपाली हिन्दू परम्परालाई चुनौति िदंदै पोखरा उपमहानगरपालिका वडा नं। ९ पृथ्वीचोकस्थित ए-वान ड्राइभिङ इन्ष्टिच्यूटका साचालक शिवप्रसाद वस्ताकोटी -शिवदाईका दाजूभाईले आज वृद्धाश्रममा बस्ने वृद्धवृद्धाहरुलाई फलफूल तथा मिष्ठान्न भोजन गराएर आफ्ना स्वर्गीय पिता बसन्त वस्ताकोटीको ४० औं वार्षिकी मनाएका छन् पढ्नेक्रम जारी राख्नुहोस्

सरकार ढालेरै छाड्ने एकीकृत माओवादी नेता प्रकाशको प्रतिवद्धता सरकार ढाल्न अंकगणितीय हिसावले पनि कठिन नहुने


एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमाले नेतृत्वको सरकारलाई ढालेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । संयुक्त राष्ट्रिय जनआन्दोलन नेपाल तमुवान राज्यसमितिको आयोजनामा बिहिबार पोखरामा भएको क्षेत्रीय आमसभामा बोल्नुहुँदै नेता प्रकाशले नयाँ संविधान र शान्ति प्रकिरयालाई निष्कर्ष पुर्याउन माओवादी नेतृत्वको सरकारको विकल्प नभएकाले वर्तमान सरकारलाई ढालेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्