Daily Archives: 09/09/2009

बिना कुनै जानकारी भिषा रद्द, पीडित नेपाल फर्कन वाध्य; अल-अमाना सेक्युरिटी ग्रुपबाट पीडितलाई आर्थिक सहयोग


होम नाथ गिरी (कुवेत)

नेपालमा एजेण्टलाई २ लाख रुपैयाँ बुझाई उज्जवल भविष्यको सुनौलो सपना बोकी आजभन्दा करिब २ बर्ष पहिला रोजगारिको शिलशिलामा कुवेत आईपुगेका बुटवलका आनन्द रेग्मी अहिले घर फर्कन वाध्य भएका छन । दु:खको कुरो उनलाई कुनै खबरै नगरि उनको साहु (स्पोन्सर)ले उनको भिषा रद्द गरिदिएको रहेछ । हरी रोका भन्ने उनकै एजेण्टले खबर गरेपछी मात्रै उनले आफ्नो भिषा रद्द भई सकेको कुरा थाहा पाएको जनाएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

पर्वत जिल्ला अदालतमा पचास वर्षअघिका मुद्दा फैसला हुन बाँकी


पर्वत। न्यायको मन्दिर मानिएको अदालतले कारबाहीका लागि सुनाएका फैसला ५० वर्ष बितिसक्दा पनि फैसला हुन सकेका छैनन्।  न्यायिक नजरबाट दोषी ठहरिएका अभियुक्तहरूलाई अदालतबाट कारबाही सुनाइए पनि कार्यान्वयन नहुँदा पर्वत जिल्ला अदालतमा ५० वर्ष देखिका कैद, सजाय र दण्डजरिवानाहरू अदालतका मिसिलमा मात्रै सीमित रहेका छन्।  पढ्नेक्रम जारी राख्नुहोस्

परराष्ट्रमन्त्री सुजाता उत्तरी छिमेकी चीनको पाँचदिने भ्रमणको निम्ति वेइजिङमा


परराष्ट्रमन्त्री सुजाता कोइराला उत्तरी छिमेकी चीनको पाँचदिने भ्रमणको निम्ति मंगलबार वेइजिङ गएकी छन्। नेपाली अधिकारीहरुका अनुसार, भ्रमणमा द्वीपक्षीय सम्बन्ध विस्तारका विविध विषय समेटिने छन्। पढ्नेक्रम जारी राख्नुहोस्

‘सरकार अल्पमतमा परिसक्यो, माओवादी नेतृत्वको सरकार छिटै’


पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार अल्पमतमा परिसकेकाले चाँडै माओवादी नेतृत्वको सरकार बन्ने दावी गरेका छन्। मंगलवार नेपालगन्ज विमानस्थलमा साचारकर्मीहरुसँग कुरा गर्दै दाहालले तत्कालिन प्रधानसेनापतिको विषयमा राष्ट्रपतिले चालेको कदम नसच्चिएसम्म संसद चल्न नदिने बताए। पढ्नेक्रम जारी राख्नुहोस्