Daily Archives: 06/09/2009

एनआरएनए कुवेतको सूचना !!


Date : 06 Sep. 2009
 
कुवेत नगरिमा पेशारत समस्त नेपाली दाजुभाई, दिदिबहिनीहरु;
“नेपालीका लागी नेपाली” भन्ने मूल नाराका साथ विश्वका बिभिन्न राष्ट्रहरुमा स्थापना भैसकेको एक मात्र नेपाली सन्जाल एनआरएनए (Non-Resident Nepali Association) को कुवेतमा पनि स्थापना भई, गत १७ जुलाई २००९ मा एक तदर्थ समिती गठन भएको सबै कुवेतवासी नेपाली दाजुभाई- दिदीबहिनीहरुलाई अवगतै छ । यसै सम्बन्धमा यस तदर्थ समितिकै सकृयतामा यहि आगामी 11 सेप्टेम्बर  २००९, शुक्रवार दिनको  २.30  बजे   एनआरएनए- एनसिसि कुवेतको २ बर्षे कार्यकालको लागि कार्यकारिणी समितिको   चुनाव   हुने भएको हुँदा उक्त कार्यक्रममा उपस्थित भई आफ्नो अमुल्य मत प्रदान गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । उपस्थित सदस्य संख्याको बहुमतको आधारमा उम्मेद्वार लाई बिजयी घोषणा गरिने छ । पढ्नेक्रम जारी राख्नुहोस्

सहमतिपछि नर्सहरूको आन्दोलन स्थगित


सरकारसँग शुक्रबार भएको वार्ता सहमतिमा टुङ्गिएपछि काम छोडेर आन्दोलन थालेका नर्सहरूले शनिबारदेखि काम सुरु गरेका छन् । शुक्रबार बेलुकी अबेर सकिएको वार्तामा विभिन्न १० बुँदे सहमति भएपछि नेपाल नर्सिङ सङ्घले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी काम सुरु गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

कोइरालाले कांग्रेस महासमिति रोक्ने


नेपाली कांग्रेस संसदीय दलका नेता एवं उपसभापति रामचन्द्र पौडेलले पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको आग्रहमा महासमितिको बैठक रोकिने जानकारी दिएका छन। शनिबार बिहान भएको अनौपचारिक बैठकमा कात्तिक १६, १७ मा हुन लागेको महासमिति बैठक रोकेर बाह्रौं महाधिवेशनलाई सफल बनाउन सभापति कोइरालाले आग्रह गरेको उनले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी फेरि विद्रोहमा जान्छः प्रचण्ड


प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले वर्तमान शान्ति प्रकृया र संविधान निर्माणको कार्य अवरुद्ध पारिए फेरि जनविद्रोहमा जाने चेतावनी दिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

पशुपतिमा नयाँ पूजारीबाट पूजापाठ


पशुपतिनाथ मन्दिरमा नियुक्त गरिएका नयाँ दुइ भट्टले शनिबारदेखि नियमित पूजा सुरु गरेका छन् । शनिबार बिहान ९ बजेर ५ मिनेटको साइतमा नयाँ पुजारीहरू गिरिस भट्ट र राघवेन्द्र भट्टले पशुपतिको नियमित पूजा गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीको आन्दोलन एकदलीय अधिनायकवाद लाद्ने तयारी भएको राप्रपा अध्यक्ष राणाको टिप्पणी उपराष्ट्रपतिका ’boutमा सर्वोच्च अदालतको आदेश असामयिक


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर जबराले माओवादीद्वारा जारी राखिएको भनिएको नागरिक सर्वोच्चताका लागिको आन्दोलनलाई एकदलीय अधिनायकवाद लाद्ने तयारीका रुपमा व्याख्या गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

फोरमका सभासदको नयाँ अवतार, सरकारलाई दिएको समर्थन फिर्ता


मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का १५ जना सभासद्ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् । उपराष्ट्रपति परमानन्द झाको सपथ प्रकरणमा सरकारले साथ नदिएको भन्दै सभासदहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रकार सम्मेलन गरेर बताएका हुन्। पत्रकार सम्मेलन स्थलमा भने ७ जना सभासद मात्र उपस्थित थिए। पढ्नेक्रम जारी राख्नुहोस्