Daily Archives: 02/09/2009

कास्कीलगायत आठ जिल्लामा नयाँ एफएमलाई लाइसेन्स दिन अनिश्चितकालका लागि बन्द


फ्रिक्वेन्सीलाई व्यवस्थापन गर्ने भन्दै सूचना तथा सञ्चार मन्त्रालयले आठ जिल्लामा नयाँ एफएमलाई लाइसेन्स दिन अनिश्चित कालका लागि बन्द गरेको छ। सञ्चार मन्त्रालयले मंगलबार एक सूचना प्रकाशित गर्दै काठमाडौँ, ललितपुर, भक्तपुर, सुनसरी, चितवन, कास्की, रुपन्देही, बाँके र पर्सामा लाइसेन्स बन्द गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

सिंगापुरमा पाँच नेपाली पक्राउ


लागू औषध तस्करीमा संलग्न भएको आरोपमा पाँच जना नेपाली सिङ्गापुरमा पक्राउ परेका छन्। दुई किलो हिरोइन सिंगापुरबाट अष्ट्रेलिया लैजाँदै गरेका तीन दक्षिण कोरियाली नागरिकसँग मिलेको आशंकामा ती नेपालीलाई आइतबार पक्राउ गरिएको हो। च्यानल न्यूज एसियाले सिङ्गापुरको केन्द्रिय लागूऔषद् ब्यूरोको अधिकारीलाई उद्यृत गर्दै ती नेपाली २२ देखि ४१ वर्षका भएको जनाएको छ। यद्यपि उनीहरूको नाम र ठेगाना खुलाइएको छैन। पढ्नेक्रम जारी राख्नुहोस्

पारसले थालेको परामर्श


paras555भदौ १६, दाउद इब्राहिमसँगै जोडेर आफ्नो नाम नक्कली भारतीय रूपैयाँको कारोबारमा संलग्न रहेको समाचार एक भारतीय दैनिकले प्रकाशित गरेपछि आक्रोशित पूर्वयुवराज पारस शाहले त्यसको प्रमाण सरोकारवालाहरूसँग माग्ने भएका छन्। आफूमाथि लगाइएको आरोपका सम्बन्धमा पिता तथा पूर्वराजा ज्ञानेन्द्रसँग सल्लाह गरी आज–भोलि नै पत्रकार सम्मेलन, प्रेस वक्तव्य वा अन्य कुनै माध्यमद्वारा प्रतिवाद गर्ने योजनामा पारस पुगेको जानकारी उनीनिकट स्रोतले दिएको छ।  पढ्नेक्रम जारी राख्नुहोस्

५ बर्षे बालकको चमत्कार, गाडी चलाएर सबैलाई अचम्म पारे


बनेपा- काभ्रे बनेपाका एक पाँच बर्षीय बालकले गाडी चलाएर  सबैलाई अचम्मित पारिदिएका छन् । विश्व प्रसिद्ध गिनिज बुक अफ वर्ल्ड रेकर्डमा  नाम लेखाउने उद्देश्यले इसानले गाडी चलाएका हुन् । नेपालमा पाँच  बर्षीय बालकले गाडी चलाएको यो पहिलो पटक हो ।  पढ्नेक्रम जारी राख्नुहोस्

वाइसीएललाई सीमा क्षेत्रमा जान प्रचण्डको निर्देशन


भदौ १६, प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ ले नेपालको अतिक्रमित भूमि जोगाउन वाइसीएल सीमाक्षेत्रमा तैनाथ रहन निर्देशन दिएका छन् । मंगबारदेखि राजधानीमा सुरु भएको वाइसीएल केन्द्रीय समितिको बैठकमा प्रशिक्षण दिदै उनले राष्ट्रियता रक्षाका लागि सम्पूर्ण कार्यकर्तासहित जनतालाई तयार रहन आग्रह गरे । पढ्नेक्रम जारी राख्नुहोस्