Daily Archives: 01/09/2009

नेपालमा शान्ति र विकासका लागि यूएई सरकारको सहयोग रहने


जाकिर हुसैन – दुबई,

इजरायल भ्रमण सिध्याएर गैर-आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनमा भाग लिन यूएई आएका माननीय श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद आफ्ताब आलम यूएईका वैदेशिक व्यापार मन्त्री शेखा लुब्ना अल् कासिमी र श्रम मन्त्री डा. सकर गुबास सईद गुबाससँग भेटवार्ता गरेको कुरा अबुधाबीस्थित नेपाली दूतावासका राजदूत अर्जनबहादुर थापाले जारी गरेको एक प्रेस विज्ञप्तीमा जनाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गैर-आवासीय नेपाली संघ यूएईको छुट्टै वेव साइट संचालनमा


जाकिर हुसैन – दुबई,

गैर-आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनमा गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईको नयाँ वेवसाइट विमोचन भएको छ । मध्यपूर्व सम्मेलनमा भाग लिन यूएई आएका माननीय श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद आफताब आलम र गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. उपेन्द्र महतोले उक्त वेवासाइट विमोचन गरे । पढ्नेक्रम जारी राख्नुहोस्

राजीनामा दिन उपराष्ट्रपतिलाई माओवादीको सुझाव


एकीकृत नेकपा माओवादीको सोमबारदेखि सुरु स्थायी समिति बैठकले उपराष्ट्रपति परमानन्द झालाई राजीनामा दिन सुझाव दिएको छ । बैठकले राजीनामा दिनु नै उत्तम विकल्प भएको ठहर गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । “राजीनामा दिनु समस्याको समाधान हुन्छ भन्ने पहिलेको भनाइ नै हाम्रो आधिकारिक धारणा हो”- शर्माले सञ्चारकर्मीहरुसँग भने । पढ्नेक्रम जारी राख्नुहोस्

मधेशवादी नेताले कोइराला भेटे, पुनः सपथको व्यवस्था गर्न आग्रह


सत्तामा रहेका मधेशवादी दलका नेताहरूले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेटी उपराष्ट्रपतिको सपथ प्रकरणमा निकास निकाल्न आग्रह गरेका छन । कोइराला निवास महाराजगञ्ज पुगेका तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार र सदभावनाका अध्यक्ष राजेन्द्र महत्तोले सपथप्रकरणलाई जतिसक्दो छिटो निकास निकाल्न आग्रह गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

पाँच छोरी अपांग


5santan_886802797साथीसंगीसँग खेल्ने उमेरदेखि कमाएर घरपरिवारको जीविका चलाउने उमेरसम्मका पाँच बालिकाहरू निरीह र निरुपाय भएर एउटै घरको आँगनमा लस्करै सुतिरहेका छन् । यो दृश्य आफै कति विवश र दुःखलाग्दो ! पर्वतको रानीपानी-६ को एक दलित परिवारको यथार्थ हो यो । कस्तो छ ती आजीवन अपांग छोराछोरीको हेरचाह गर्ने दुर्दशामा बाँचेका बाबुआमाको पीडा ? पढ्नेक्रम जारी राख्नुहोस्

तीन महिनाकी सुत्केरी कुटपिटपछि घरनिकाला


violence_353250498सुनसरी, १५ भदौ, तीन महिनाको शिशुलाई नुहाइदिन साबुन माग्दा सुनसरीकी एक महिला श्रीमान्बाट निर्घात कुटिएर घरबाटै निकालिएकी छिन् । इनरुवाबाट सात किलोमिटर दक्षिण-पूर्व श्रीपुर- ७ की २२ वर्षीया मन्जुलाई आफ्नै श्रीमान् राजकिशोर पण्डितले मरणासन्न हुनेगरी कुटेर घरबाट निकालिदिएका हुन् । श्रीमान्बाट निकालिएपछि तीन महिनाकी सुत्केरी मन्जु न्याय माग्दै सोमबार ओरेक नेपाल इनरुवाको शरणमा आएकी छिन् । श्रीमान्को कुटाइबाट बेहोस भएकी मन्जुको उपचार अहिले जिल्ला अस्पताल इनरुवामा भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्