प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीसंग दिल्लीमा भेट, सहयोग माग


madhab manmohan
“प्रधानमन्त्री माधवकुमार नेपाल नयाँ दिल्लीमा समकक्षी मनमोहन सिंहलाई भेट्दै “

भारत भ्रमणमा रहेका प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहसंग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री नेपालले आफ्ना समकक्षीलाई नेपालमा जारी शान्ति प्रकृयालाई समयमा टुंगोमा पुर्‍याउन सरकारले गरिरहेको प्रयासहरु’bout जानकारी गराएको बताइएको छ । बुधबार नै दुबै पक्षले संयुक्त विज्ञप्तीमा हस्ताक्षर गर्ने अनुमान गरिए पनि साँझ अबेरसम्म त्यसो हुन सकेको थिएन । अधिकारीहरुका अनुसार नेपाल भारतबीचको बाणिज्य सन्धि नविकरण गर्ने विषयमा दुबै पक्ष बीच सहमति निर्माण भइसकेको छैन ।

अपेक्षा
प्रधानमन्त्री नेपालले आफ्ना भारतीय समकक्षीसंग आपसी सम्बन्धका विभिन्न विषयमा छलफल गरेको र नेपालको समग्र विकासमा भारतीय सहयोगको अपेक्षा गरेको बताइएको छ । उनले सिंहसंग भेट गर्नु अघि भारतीय सत्तारुढ गठबन्धनकी प्रमुख तथा कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी, राष्ट्रपति प्रतिभादेवी सिंह पाटिल र विदेशमन्त्री एस.एम. कृष्णासंग पनि भेट गरेका थिए । पर्यटनमन्त्री शरतसिंह भण्डारीले दिएको जानकारी अनुसार श्रीमती गान्धीले नेपालमा बृहत्तर सहमतिको आधारमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सल्लाह दिएकी थिइन् । भेटमा सीमावर्ती तराईको सुरक्षा स्थितिको ’boutमा समेत कुराकानी भएको थियो । विदेशमन्त्री कृष्णासंगको भेटमा प्रधानमन्त्री नेपालले द्विपक्षीय हितका विषयहरुमा कुरा गर्दै तराईको सुरक्षा अवस्थाका विषयमा पनि चर्चा भएको थियो ।

खतरा
प्रधानमन्त्री नेपालले तराईमा आपराधीक र राजनीतिक गरि दुई प्रकारको समुहबाट शान्ति सुरक्षामा खतरा उत्पन्न भइरहेको बताएका थिए । दिल्लीमा महत्वपूर्ण राजनीतिक भेटघाटको क्रम सकिएपछि प्रधानमन्त्री माधवकुमार नेपालले व्यापारिक नगरी मुम्बई भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

2 responses to “प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीसंग दिल्लीमा भेट, सहयोग माग

  1. यो बुइच्ख्याहरुलाई परारस्त पार्नै पर्छ । यीनी हरुलाई चेताव्नी र हप्की दप्की गर्नै पर्छ। यी दलाल्हरुको के भरोसा ? पहिला एमालेको पालामा टनक्पुर बे चे । अहिले के बेचेर आउछ। एदी त्यस्तो असमान करार गरेर आएमा सम्पूर्ण नेपाली जो जहाँ छन तेही ठाउँबाट तेस्को प्रतिकारमा उत्रिनु अनिवर्ये हुनुपर्छ। तेस प्रतिकारमा उत्रिन कसैले पनि कन्जुस्याइ नगरन सम्पूर्ण देशभक्तनेपालीलाई आवहाँन गर्दछु। जये नेपाल

  2. I dont know why when i heard the news like our officils meet indian asses i hate.sorry for the words

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.