माओवादी नेताद्धारा नयाँ सरकार बन्नै नदिने उद्घोष, अब जनअदालत र जनसरकार ब्यूताउँछौं र कारवाही थाल्छौं


नवलपरासी । एकीकृत नेकपा माओवादी का केन्द्रिय सदस्य वामदेव क्षेत्रीले माओवादीले सरकार छाडेपनि गाउँगाउँमा गएर समानान्तर सरकार बनाउने खुलासा गरेका छन् । राष्ट्रपतिले चालेको कदमको विरुद्ध मंगलबार नवलपरासीको कावासोतीमा माओवादीले निकालेको विरोध जुलुसमा सहभागीलाई सम्बोधन गर्दै माओवादी नेता क्षेत्रीले सो खुलासा गरेका हुन् । माओवादीले भंग गरेको जनअदालतलाई ब्युताएर सरकारमा छँदा कारवाही गर्न नसकीएकालाई जनअदालनमा उभ्याएर कारवाही गर्ने पनि खुलासा गरे । माओवादीको हालै सम्पन्न सचीवालय समितिको वैठकले समानान्तर सरकार गठन र जनअदालत ब्युताउने निर्णय गरेको क्षेत्री प्रष्ट पार्दै भने हामी अब गाउँ गाउँमा गएर जनसरकार बनाउने छौं र जनअदालत ब्युताउने छौं अनि जो जनवादी गणतन्त्रका शत्रु भएर अगाडि उभिएका छन् उनीहरुलाई जनअदालतमा ल्याएर कारवाही गर्ने छौं ।

क्षेत्रीले नेपाली सेनालाई विदेशी ईशारामा चल्ने साम्राज्यवाद र दलालीको सेना भएको आरोप समेत लगाए । माओवादीले अब निरन्तर सडक र सदन अवरुद्ध पारेर सरकार गठन गर्नै नदिने बताउँदै एमालेलाई सरकार बनाएर देखाउन समेत चुनौती दिए । क्षेत्रीले एमालेलाई सरकार बनाएर आठ दिन चलाउन चुनौति दिए । राष्ट्रपतिले चालेको कदमलाई असंवैधानिक कु को संख्या दिदै क्षेत्रीले भने राष्ट्रपतिले कु गरेरपछि एमालेको अहिले बल्ल आँखा खुलेको छ र माओवादीको ढोकामा आएर हार गुहार मागेको छ । राष्ट्रपतिले चालेको कदमको विरोधमा माओवादीले कावासोतीमा निकालेको र्‍याली फलफुल चोकबाट शुरु भएर नगर परिक्रमा गरी पुन फलफूल चोकमा आएर कोणसभामा परिणत भएको थियो । त्यसैगरी माओवादीले मंगलबार नवलपरासीको सदरमुकाम परासीमा पनि राष्ट्रपतिको कदमको विरोधमा जुलुस प्रदर्शन गरेका हुन् ।

बिभिन्न नारा लगाउदै पार्टी कार्यालयबाट निस्केको बिरोध जुलुस परासी बजारका बिभिन्न भाग परिक्रमा गरी बुध्द चौकमा कोण सभामा परीणत भएको थियो । कोण सभामा बोल्ने बक्ताहरुले राष्ट्रपतिको कदम अप्रजातान्त्री भएको आरोप लगाएका थिए । बिरोध सभामा सभासद चिनक कुर्मी सचिव राजु हरीजन केन्द्रिय सदस्य अजि बुल्ला खाँ बुध्दन अलि रोहीत सहानीलगायतका बक्ताले काँग्रसको उक्सावटमा राष्ट्रपतिले यस्तो कदम चालेको बताएका थिए ।

रामेछापमा एमाले र काँग्रेसलाई जिल्ला छाड्न धम्की

यहीबीच माओवादीले रामेछापमा काँग्रेस र एमाले कार्यकर्तालाई जिल्ला छाड्न धम्की दिएको बताइएको छ । गाउँ गाउँमा समेत माओवादीले आफ्ना गाउँस्तरिय कमिटि मार्फत् काँग्रेस भारतीय दलाल भएको र एमाले उसको मतियार भएको भन्दै जिल्ला नछाडे जनकारवाहीको सामना गर्न तयार रहन धम्की दिएपछि रामेछापमा आतंक छाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.