गजल कसरी लेख्ने?


गजल शेरहरुको समूह हो । मत्ला, मक्ता, बहर, काफिया र रदिफ का नियमहरुले गजल निर्मित हुन्छ । 

शेर:
दुई हरफ को कविता जो आफैंमा पूर्ण छ ।

रदिफ:
गजलमा हरेक शेर(दुई हरफ)को दोस्रो हरफमा दोहोरिने शब्दका समूहलाई रदिफ भनिन्छ ।

काफिया:
रदिफको अगाडि अनुप्रास मिलेका शब्दलाई काफिया भनिन्छ ।

मत्ला :
गजलको प्रथम शेर लाई मत्ला भनिन्छ । यसमा दुवै हरफमा रदिफ हुन्छ ।

मक्ता :
मक्ता अन्तिम शेर हो जहाँ शायर वा गजलकार को नाम/ उपनामको उल्लेख गर्ने चलन छ ।

बहर:
बहरमा मात्राको गणना हुन्छ । नेपाली गजलाम यसलाई नजर अन्दाज गरिने गरिएको छ ।

नमूना गजल:

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

गजलकार : अरुण

Advertisements

One response to “गजल कसरी लेख्ने?

  1. अ म पनि गजलहरु लेख्ने गर्छु तर मैले लेखेका गजल गजल भयनानकी भन्ने लाग्छ त्यै भयर प्रकाशन गर्न भने छैन बिशेष गरि मलाई cnfuse लागेको चै अछेर मात्रामा हो माथिलो र तल्लो पङतिमा के बराबरि अछेर हुनुपर्छ ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.