ल्होसार पर्व कुवैत मा धुमधामकासाथ मनाइयो


विशेष गरि गुरुङहरुले टाढा टाढा रहेका आफन्तसंग भेटघाट गरेर नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि ल्होसार मनाउने गर्दछन् । यसै अबसरमा राष्ट्रपति डा. रामवरण यादवले तमुको महान् चाड ल्होसारको उपलक्ष्यमा देशविदेशमा रहनुभएका तमु नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना दिँदै ल्होसारले सबै नेपालीमा शान्ति समृद्धि ल्याउन सहयोग पुर्‍याउँछ भन्ने कामना व्यक्त गर्नुभएको छ । आफ्नो सन्देशमा राष्ट्रपतिले धर्म-संस्कृतिको सम्मान, मर्यादा र समाजमा धार्मिक सद्भाव एवम् सहिष्णुताको प्रबर्द्धन गर्नु नै धर्मनिरपेक्षताको मर्म भएकाले नेपालमा सबै धर्मावलम्बीलाई स्वतन्त्रतापूर्वक आआˆनो धर्म संस्कार अभ्यास गर्ने समान अवसर उपलब्ध छ भन्ने उल्लेख गर्नुभएको छ । यसै अवसरमा उपराष्ट्रपति परमानन्द झाले शुभकामना सन्देश दिँदै यो पर्व मनाउने नेपालका सम्पूर्ण गुरुङ दिदीबहिनी तथा दाजुभाइका साथै सम्पूर्ण नेपालीमा सुस्वास्थ्य एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नो सन्देशमा तमुको महान् चाड तमु ल्होसारको उपलक्ष्यमा सम्पूर्ण नेपाली तमुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । आफ्नो सन्देशमा उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधताबीचको राष्ट्रिय एकता र स्वाभिमानको हाम्रो राष्ट्रिय पहिचानभित्र हरेक जनजाति र धर्मालम्बीको विशिष्ट एवम् मौलिक परम्परा गाँसिएको छ भन्दै आफ्नो भाषिक एवम् सांस्कृतिक पहिचानको जगेर्ना गर्दै गुरुङ जातिले नेपाली लोकसंस्कृतिको उत्थान एवम् विकासमा पुर्‍याएको योगदान अनुकरणीय एवम् प्रशंसनीय भएको थियो । यसै गरी तमु गुरुंग हरुको महान चाद्द लोहोसार (१५ पूस )को सु अबसरमा बिदेसमाँ रहेर पनी आफ्नो तामुहरुको रीतिरिवाज लाइ नाबिर्साउने हेतुले अल अमाना सिक्यूरिटी कुवैत का तमु हरुले आयोजना गर्नु भयको कार्यकर्म माँ कुवैत का बिभिन्न कंपनी का साथी हरुको उपस्थिति रही यक आपसमा सुभकामना तथा बधाई आदान प्रदान गरियको थियो । बिराज गुरुग को संयोजकत्व माँ सम्पन्न उत्तकार्यक्रम माँ गीत संगीत को पनी धुन बजेको थियो । बुद्धि गुरुंग र रूम बहादुर गुरुंग ले सानो तमु गीत सुनाउनु भयको थियो । भने गोविन्द गुरुंग ,चंद्र गुरुंग ,कर्म गुरुंग (घाले)ले शुभकामना मंतव्य दिनु भयको थियो । अन्य उपस्थित महानुभाव हरुमा माउंट एवरेस्ट स्पोर्टिंग क्लब का पर्तिनिधि हरु प्रेम राज महत ,शिव देव पांडे योगेन्द्र प्रसाद , पुन्य प्रसाद पोखेरेल ,लगायत का साथी हरुले मंतव्य दिनु भयको थियो । उक्त्त अबसरमा सलाहाकार श्री नवीन गुरुंग ले आगामी दिन हरुमा कुवैत माँ रहेका सबै तमु हरुलाई समेटी लोहसार मनाउनु पर्ने कुरामा जोड़ दिनु भयो ।
सिव देव पांडे
अल अमाना कम्पनी
कुवैत
फ़ोन -९६५ -६६४३१५२७

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.