Daily Archives: 28/11/2008

बेलायतले नेपाललाई करिब साढे दुइ अर्ब रुपैयाँ सहयोग गर्ने


बेलायत सरकारले नेपालको दिगो शान्ति र विकास प्रक्रियालाई सहयोग पुर्‍याउन करिब साढे दुइ अर्ब रुपैयाँको सहयोग गर्ने भएको छ । नेपालको चार दिने भ्रमणमा रहनुभएका बेलायतका अन्तर्राष्ट्रिय विकास सम्बन्धी मन्त्री माइक फोस्टरले आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिनुभएको हो । बेलायत सरकारका अन्तर्राष्ट्रिय मामिला मन्त्री फोस्टरले अनमिनको समयावधि सकिन लागेको पढ्नेक्रम जारी राख्नुहोस्

झापाको लखनपुरमा बिहीबार राति भएको सडक दर्ुघटनामा आठ जनाको मृत्यु भएको छ ।


१३ मंसिर । झापाको लखनपुरमा बिहीबार राति भएको सडक दर्ुघटनामा आठ जनाको मृत्यु भएको छ । लखनपुर-१ स्थित पाथीभरा शसस्त्र प्रहरीगण अगाडि भएको दर्ुघटनामा २५ जना घाइते भएका छन् । पर्ूवबाट पश्चिमतर्फजादै गरेको मे १ ख ९२७ नम्बरको माइक्रोवस र विपरित दिशाबाट आइरहेको को १ ख ६९१ नम्बरको ट्रक आपसमा ठोक्किदा दर्ुघटना भएको हो । दर्ुघटनामा झापाको दमक-१८ निवासी जीवन र्राई, उनकी श्रीमती तेजकुमारी, छोरा १० वषर्ीय शुशीलको मृत्यु भएको छ । यसैगरी दमक १८ का कृष्णबहादुर दर्जी, पर्ूण्ाबहादुर थापा, पुण्य मिश्र, बाहुनडाँगीका विकास महत र दर्ुघटनामा ट्रकका चालक झापा शिबगञ्ज घर भएका २५ वषर्ीय प्रदिप बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दर्ुघटनामा र्घाईते भएका पुण्य मिश्रको आम्दा अस्पताल दमक र अन्य सात जनाको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । दर्ुघटनामा गम्भीर घाइते भएका ८ जनालाई दमकमा उपचार हुन नसकेपछि सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनालाई विराटनगर पठाइएको छ । केही गम्भीर घाइतेहरुलाई भारतको सिलगुडी लगिएको र बाँकी घाइतेको दमक स्थित आम्दा र लाईफ लाईन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । इलामको श्रीअन्तुमा भइरहेको अन्तु महोत्सवमा गएर फर्किएको यात्रुबस दर्ुघटनामा परेको हो ।

अशिष-रितेश हत्या: प्रहरी-प्रशासनविरुद्ध पर््रदर्शन


काठमाडौं, मंसिर १२ – ताहाचलका दर्ुइ किशोर रितेश रौनियार र अशिष मानन्धरको हत्यालाई लिएर बिहीबार प्रहरी-प्रशासनविरुद्ध राजधानीमा पर््रदर्शन भएको छ ।सरकारले हत्या’bout सा“झसम्म आधिकारिक धारणा र्सार्वजनिक नगरेकाले वार्ता र विरोधका कार्यक्रमस“गै जारी रहने नागरिक संर्घष्ा समितिले जनाएको छ । समितिका सदस्य रामशरण डंगोलका अनुसार सरकारको आह्वानअनुरूप शुक्रबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीस“गको वार्ता ठोस निर्ण्र्ााा नपुगे विरोधका चरणबद्ध कार्यक्रम जारी रहनेछ । उनीहरूले बिहीबार अबेर राति उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमस“ग अनौपचारिक वार्ता गर्दै पा“च सूत्रीय ज्ञापनपत्र बुझाएका छन् । उच्चस्तरीय विशेषज्ञ छानबिन टोली गठन हुनुपर्ने, त्यसलाई अनुमोदन गर्न उच्चस्तरीय छानबिन आयोग बन्नुपर्ने, दोषीलाई कडा कारबाही, शान्ति सुरक्षाको स्थिति सृदृढ हुनुपर्ने एवं प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिमा मात्र वार्ता हुनुपर्ने माग ज्ञापनमा उल्लेख छ ।

 

महानगरीय प्रहरी आयुक्तको कार्यालयमा पीडित पक्षलाई छलफलका लागि बिहीबार सा“झ बोलाइएको थियो । प्रहरीले पर््रदर्शनमा घूसपैठ भएको जनाउ“दै समन्वय गरी अघिबढ्न राखेको प्रस्ताव पीडित पक्षले अस्वीकार गरेको छ ।

बेपता भएको १२ दिनपछि दुवै किशोरको शव बुधबार थानकोट महादेवस्थान-४, गुमालचौकीस्थित जंगलमा फेला परेको थियो ।

सरकारी धारणा र्सार्वजनिक नभएसम्म मृतकको पोष्टमार्टमा नगर्ने र शव पनि नबुझ्ने पीडित पक्षको तर्फाट गठित उक्त समितिले अडान राखेको छ । पर््रदर्शन र चक्का जामले बिहीबार उपत्यकाको वातावरण तनावग्रस्त रह्यो ।  नेपाल मजदुर उद्धार सेवा संघद्वारा सञ्चालित पश्चिम भेग एम्बुलेन्स सेवाको गाडी कालीमाटी चोकमा तोडफोड भएको छ । एम्बुलेन्स सशस्त्र प्रहरी बल नीलबाराही गणबाट बिरामी लिएर वीर अस्पताल गइरहेको थियो । यसैबीच, गृहमन्त्रालयले घटना ध्यानाकर्षा जनाउ“दै वास्तविकता पत्ता लगाउन सरकारले अविलम्ब छानबिन आयोग गठन गर्ने बताएको छ । उसले विरोधका कार्यक्रम नगर्न पीडित पक्षस“ग आग्रह गरेको छ ।

यस्तै महानगरीय प्रहरी आयुक्त कार्यालयले हत्याको छानबिन गर्न एसएसपी वीरेन्द्रबाबु श्रेष्ठको नेतृत्वमा पा“च सदस्यीय छानबिन टोली गठन गरेको छ । टोलीले बिहीबारदेखि काम थालेको कार्यालयले जनाएको छ ।

 

नेपालमा खाद्य पदार्थको मूल्य घट्ने भएको छ


नेपालमा खाद्य पदार्थको मूल्य घट्ने भएको छ । मूल्यवृद्धि १४.१ प्रतिशत बढेर महँगोमा खाद्य खरिद गर्न बाध्य सर्वसाधारणले २५ प्रतिशत कम मूल्यमा अबदेखि खाद्यान्न आपूर्ति गर्न पाउने भएका छन् । यद्यपि वनस्पति घ्यूतेलमा ५० प्रतिशतसम्म मूल्य गिरावट भइसकेको उद्योगीहरू बताउँछन् ।mulyabridddddd

तेल र वनस्पति घ्यूमा ५० प्रतिशत कमी

पढ्नेक्रम जारी राख्नुहोस्

शहिदको नामबाट सन्चालित बिद्यालयको नाजुक अबस्था


शहिदको नामबाट सन्चालित बिद्यालयको नाजुक अबस्था:-
सिन्धुपाल्चोक जिल्लाको सुगम अनि चेतनशील जनता र बिकासले भेटेको गा.बि.स. ले परिचित साँगाचोक-४ स्थित फलाटे मा २०५२ सालमा जनसेबा प्रा.बि. बाट जिल्लामै पहिलो माओबाद शिक्षाबाट प्रेरित यस सामुदायिक बिद्यालयलाई हाल पनि सरकारी निकाय एबं जिल्ला शिक्षा सिन्धुपाल्चोकले त्यति चासो दिएको छैन।स्थानिय समाजसेबी माओबादी कार्यकर्ता शान्ति पराजुली(नमुना)२०६१ सालमा बारामा शाहिद भए पछि उहाँकै नाम बाट यस बिद्यालयलाई शान्ति जनसेबा प्रा.बि. नामकरण गरिएको शिक्षिका गीता पराजुलीले बताउनु भयो।त्यसैले अहिले जिल्लाकै प्रथम शहिद बिद्यालयको रुपमा यसलाई दर्ता गराई केहि कोटाको लागि अनुरोध गरिएको स्थानिय माओबादि  समाजसेबी गोबिन्द पराजुलि(अभिनास)ले बताउनु भयो।mail2
स्थानिय गाउँबासिहरुको सहयोगमा २ ओटा सानो कोठाबाट शुरुमा स्थापित सो बिद्यालय भबन टुकि संघ सुनकोशीको आर्थिक सहयोग र स्थानिय श्रमदानमा अहिले अतिनै राम्रो भबन र शौचालय सहित भएकाले स्थानिय बाल-बालिकालाई निकैनै सुबिधा पुगेको स्थानिय अबिभाबको धारणा रहेको छ।
अहिले पाँच जना शिक्षक-शिक्षिकाले भोलेन्टिएरको रूपमा पठन-पाठनमा सहयोग गरिरहेको र केहि समय अगाडि जिल्ला शिक्षा सिन्धुपाल्चोकले दुई ओटा राहत कोटा उपलब्ध गराएको ले त्यसैलाई बाँडेर चलाईएको शिक्षिका गीता ले बताउनु भयो।  उहाँले स्थानिय गरिब अनि शिक्षाबाट बन्चित समुदायलाई आधार बनाएर जनबादि शिक्षाको अबधारणाले शुरु गरिए पनि हाल नयाँ नेपालको गणतान्त्रिक सरकारको दायरामा जान लागिएको बताउनु भयो।
यो र यस्ता धेरै बिकास अनि संरचनाहरुलाई भुमिगत अबस्थामा स्थापना गर्न जति गार्हो थियो अहिले त्यसको सदुपयोग र ब्यबस्थापनमा त्यत्तिकै गार्हो परिरहेको उहाँको कथन थियो। उहाँले आशा लाग्दो स्वरमा अहिले माओबादीनै सरकारमा भएकोले केहि सहयोगको लागि पहल भई रहेको र केहि सहयोग प्राप्त भएको पनि खुलासा गर्नु भयो। आशा र भरोसा छ कि नयाँ सरकार अनि नयाँ बन्दै गरेको संबिधानमा पनि यहि र यस्तै स्थानिय बिकासका कामहरुको को लागी केहि कार्यक्रमको तयारि  र निरन्तरताको लागि   लागि पर्लाकि??

हरि कृष्ण न्यौपाने (घायल)
harineupane_3@yahoo.com
कालिका -१ सिन्धुपाल्चोक नेपाल
हाल् ओल्ड रिगाई,बिल्डिङ् नं ४३ ,रिगाई
कुवेत!!