Daily Archives: 27/11/2008

ईन्डिया को मुम्बई को ताजमाहल होटेल म आतङ्बादिको चार तर्फबाट गरेको हम्लामा १०७ जन को मृत्‍यु ३१९ जना घहिते । अहिले पनि घम्सान मुतभेट चलिरहेको छ । सेनको अपरेसन जारी


aattkaभारत मसीर १२ -नोभेम्बर २७) । भारतको मुख्य शहर मुम्वइमा गएराति उग्रवादीहरुले भीषण हमला गरेका छन् । भिषण हमलामा परी कम्तीमा 107 जना मानिसको मृत्यु भएको छ भने तीनसय भन्दा वढी मानिसहरु घाइते भएका छन् । गएराती सात ठाँउमा एकै साथ भएका ति हमलाहरुमा उग्रवादीहरुले वम विष्फोट र गोली चलाएको समाचार एजेन्सीहरुले जनाएका छन् । विष्फोट सुरक्षा व्यवस्था सहितको ताज महल होटेल,ओयराय होटल, हस्पीटल लगायत सात ठाउमा भएको थियो । ताज होटेलमा विष्फोटका कारण आगो लागि रहेको छ । होटलहरुबाट गेष्टहरु निकाल्ने काम भइरहेको छ । आक्रमण भएको होटल ताजमा विहान सम्म पनि चार हमलाकारी रहेको आशंका गरिएको छ । विहान सम्म भारतको ठूलो र ब्यस्त शहरमा मुम्बइमा गोलीहरु चलीरहेको बताइएको छ । मुख्यत ताज होटलमा अहिले पनि गोली चलिरहेको भारतिय समाचार टेलिभिजन आजतकले जनाएको छ । एउटा टयाक्सीमा समेत बम विष्फोट गराइएकोे वताइएको छ । हमलाका क्रममा कतिपए स्थानहरुमा मानिसहरुलाइ उग्रवादीहरुले वन्दी वनाएका थिए । ओवरिय होटलमा रहेको छ विदेशीलाई पनि हमलाकारीहले बन्धक बनाएको बताइएको छ । गएरातीको मुठभेडमा आतंक ्रविरोधी दस्ता एटीएस का प्रमुख हेमन्त करकरे सहित तिन जना उच्च अधिकारीहरुको पनि मृत्यु भएको खवर छ । यो हमलाको जिम्मा डेकेन मुजाहिद्दिनले लिएको छ । अहिले सो शहरमा व्यापक mumbaiसुरक्षा फौज परिचालन गरि उच्च र्सतर्कत अपनाइएको भारतिय प्रहरीले जनाएको छ । ती होटलहरुमा कमाण्डो फोर्सले अपरेशन जारी राखेका छन् । हमलाले त्याहाको स्थिति तनाव ग्रस्त रहेको वताईएको छ । लगातार हिशात्मक घटनाको सामना गरीरहेको भारतमा पछिल्लो पटक भएको यो सवै भन्दा ठुलो हमला हो । सुरक्षाकर्मीहरुले ४ आतकवादीहरुलाई मारेको पनि दावी गरेका छन्
सुजन के सि

आंशु…!!


आंखाको नानीमा बसिदिने
सबैको प्रिय मित्र रहेछ तिमी आंशु
सबैको सुखदुःखमा वहिदिने
दुइ थोपा रहेछ तिमी आंशु

संसारमा एउटै भाषा बनिदिने
प्राणीहरूको संचार रहेछ तिमी आंशु
संसारलाई भावनामा डुबाइदिने
दिव्य मनोभाव रहेछ तिमी आंशु

सबैको जीतमा छाइदिने
हौसला रहेछ तिमी आंशु
सबैको हारमा सहारा भइदिने
सहयोगी रहेछ तिमी आंशु

सबैलाई समान स्नेह दिने
सबैको प्रिय रहेछ तिमी आंशु
विना भेदभाव सबैलाई माया गर्ने
इश्वर उपहार रहेछ तिमी आंशु[

Bimal Lamichhane

नेपालको राजनितिक पहल कदमि अब माओवादीको हातमा


November 26 2008

 

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनितिक पहल कदमि अब माओवादीको हातमा आइपुगेको बताउनुभएको छ । उहाँले क्रान्ति अहिले उपलब्धीमा रहेको राजनितिक पहलकदमिलाई सदुपयोग गर्दै यसलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

नेकपा माओवादीको राष्ट्रिय कार्यकर्ता भेलामा दुइओटा प्रतिवेदनबाट तयार गरिएको सयूक्त दस्तावेज पेश गर्ने क्रममा सम्वोधन गर्दै प्रधानमन्त्री ततथा माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले माओवादी भेलाको निस्र्क्ष्ाले नेपाल र नेपाली जनताको नै भविश्य निर्धारुण गर्ने दावी गर्नु भएको छ ।

उहाँले माओवादी भेलाको निस्कर्षले पार्टीको भविश्यमात्रै होइन नेपाली जनताको भविश्य निर्धारण गर्ने बताउनु भएको भेलाका एक सहभागीले जानकारी दिए ।

सम्वोधनका क्रममा अध्यक्ष प्रचण्डले राष्ट्रिय कार्यकर्ता भेला र भेलामा भएका बहसले पार्टीभित्र उच्च्ा जनवादको अभ्यास गर्ने सस्कृति बसाएको पनि बताउनु भयो । उहाँले विश्वका कम्यूनिष्ट आन्दोलनमा नेपालको माओवादी आन्दोलन उच्च रहेको दावी गर्नु भयो । अध्यक्ष प्रचण्ड अहिले पनि राष्ट्रिय कार्यकर्ता भेलामा वोली रहनु भएको छ । अध्यक्ष प्रचण्डले वोली सकेपछि भेलामा प्रचण्ड र वैद्यका छुट्टाछुट्टै प्रतिवेदनबाट तयार गरिएको संयूक्त दस्तावेजमाथी छलफल हुनेछ ।

दस्तावेजमा कार्यकर्ताको छलफलपछि पार्टीको कार्यनिति तय गर्दै भेला आजै सकिने कार्यक्रम तय गरिएको छ ।

गएराति अवेरसम्म्ा चलेको केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्ड र संगठन विभाग प्रमुख वैद्यको प्रतिवेदनलाई एउटै दस्तावेजका रुपमा तयार गरेको हो । बैठकले जनमुखी संविधान बनाएर अगाडी बढ्ने रणनीति तय गरेको छ ।

नयाँ रणनीतिअनुसार जनमुखी संविधान निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको माओवादी स्रोतले जनाएको छ ।

अध्यक्ष प्रचण्डको संघीय गणतन्त्र र नेता वैद्यको राष्ट्रिय जनगणतन्त्र समावेस गरी जनताको लोकतान्त्रीक राष्ट्रिय गणतन्त्र मुख्य कार्यनितिका रुपमा तय गरिएको छ । आजको भेलामा केन्द्रीय समितिको तर्फाट अध्यक्ष प्रचण्डले दुइओटा प्रतिवेदनलाई एउटै दस्तावेजका रुपमा पेश गर्नुहुने शान्ति तथा पुनर्निर्माण मन्त्री एवम् माओवादी नेता जर्नादन शर्मा प्रभाकरले जानकारी दिनुभयो ।

संयूक्त दस्तावेजलाई भेलाको बहुमतका आधारमा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई मुल आधार बनाइएको छ भने वैद्यका ८ ओटा बुँदा पनि समावेस गरिएको स्रोतले जनाएको छ ।

 

चितवन बारा र जनकपुरमा झडप दर्जनौं घाइते


चितवन बारा र जनकपुरमा झडप दर्जनौं घाइतेकाठमाडौं । क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउने विषयमा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुimager1 र अखिल क्रान्तिकारीबीच मंगलबार झडप भएको छ । वीएस्सी प्रथम वर्षको प्रवेश परिक्षा स्थगित गर्नुपर्ने लगायतका माग राख्दै क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउन गएका एमाले समर्थक अनेरास्ववियुको बाटो रोकेर अखिल क्रान्तिकारीका कार्यकर्ताले बुझाउन तयार पारेको ज्ञापन पत्र च्यातिदिएपछि झडप भएको हो । झडपमा दुवै पक्षका गरी एक दर्जन घाइते भएका छन् । झडपका क्रममा एक अर्काले धारिलो हतियार प्रहार गरेको बताइएको छ । झडपपछि क्याम्पस बन्द रहेको छ । 

यसैबीच वन कर्मचारीले दाउरा जफत गरेको विरोधमा बारामा वन कर्मचारी प्रहरी र स्थानीयवासीबीच झडप हुँदा आधा दर्जन भन्दा बढी घाइते भएका छन् । प्राप्त समाचारअनुसार स्थानीय निजगढका इटाँभट्टाहरुमा विक्रीका लागि अवैधरुपमा राष्ट्रिय वन कटान गरी वकैया खोलामा थुपारेको दाउरा वन कर्मचारीले जफत गरेको विरोधमा स्थानीयवासीले महेन्द्रराजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए । प्रहरीले वल प्रयोग गरी राजमार्ग खुलाउन खोज्दा झडप भएको थियो ।

गाउँलेहरुको आक्रमणका कारण केही वन कर्मचारी पनि घाइते भएका छन् । प्रहरीले तीन स्थानीयवासीलाई पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाएको छ । यता जनकपुरमा मधेशी जनअधिकार फोरमका कार्यकर्ता र प्रहरीबीच हिजो पनि झडप भएको छ ।

प्रशासनले आफ्ना पार्टीका तर्फबाट धनुषा क्षेत्र नं। ४ बाट निर्वाचित संजय साहलाई पक्राउ गरी चरित्र हत्या गर्ने प्रयास गरेको निर्दोष कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै हिजोदेखि फोरमले गरेको अनिश्चितकालिन धनुषा बन्दका क्रममा प्रहरीसँग झडप भएको हो । झडपमा केही फोरम कार्यकर्ता घाइते भएको बताइएको छ । केही दिनदेखि फोरम कार्यकर्ता र प्रहरीबीच त्यहाँ पटकपटक झडप हुँदै आएको छ । स्रोतका अनुसार डाँकाको अभियोगमा पक्राउ परेका फोरम कार्यकर्ता वैजु साहलाई उनीहरुको दबाबका कारण प्रहरीले रिहा गरेको बताइएको छ । यद्यपि प्रशासनद्वारा माफी गृहमन्त्रीको राजीनामा आफ्ना कार्यकर्ताको रिहाई लगायतका माग राख्दै मधेशी जनअधिकार फोरमले अनिश्चितकालिन धनुषा बन्दलाई निरन्तरता दिएको छ । उनीहरुको आन्दोलनका क्रममा आज दोस्रो दिन पनि जनकपुर क्षेत्र ठप्प रहेको छ । फोरम कार्यकर्ताले विहानैदेखि सडक अवरुद्ध गरि प्रदर्शन गरिरहेका छन् । धनुषा बन्दका कारण पूर्व-पश्चिम राजमार्ग र जनकपुर क्षेत्रसमेत प्रभावित भएको छ । टायरबालेर फोरम कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।

उता वैतडी-दार्चुला सडक निर्माणको कार्यालय दार्चुलामा संचालन गर्न माग गर्दै एमालेको लडाकू संगठन युथफोस्रले हिजो दार्चुलाको सदरमुकाम खलंगा बन्द गर् यो । युथफोस्रको बन्दलाई निर्माण व्यवसायीहरुले समेत सर्मथन गरेका थिए ।