रानीमत्ता -सर्ुर्खेत, मंसिर १० – सर्ुर्खेतको महाकाली नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका अधिकांश विद्यार्थी र शिक्षक दैलेखका छन् । उत्तरी सीमा रानीमत्तामा पर्ने यस विद्यालय दैलेखको दक्षिणी सीमा गोगनपानीस“ग जोडिएको छ । विद्यालय सर्ुर्खेतमा भए पनि पढ्ने र पढाउने अर्को जिल्लाका हु“दा भौतिक विकास र सुविधामा समस्या परेको छ ।भवन जर्ीण्ा छ । कक्षा कोठा नभएकाले १ सय २५ जना बालबालिका विद्यालय नजिकको बारीमा पढ्छन् । ‘हुरी पानी आयो भने विद्यार्थीलाई छुट्टी दिनर्ुपर्छ,’ शिक्षिका गौमती थापाले भनिन् ।
यहा“ मंसिरको मध्यदेखि माघ अन्त्यसम्म हिउ“ पर्छ । त्यसैले यो अवधिमा चौरमा पढाउन सम्भव छैन । बालबालिका जाडाले लगलग का“प्छन् । उनीहरूको दर्ुदशाप्रति कसैमा दया जागेको छैन । दुवैतिरका जिल्ला शिक्षा कार्यालयलले जिम्मेवारी एक-अर्कालाई पन्छाउ“छन् । ‘दैलेखले सर्ुर्खेतको भनेर पन्छाउ“छ, सर्ुर्खेतले दैलेखका पढ्छन् भनेर पन्छाउ“छ,’ प्रधानाध्यापक भीमप्रसाद सापकोटा दुखेसो गर्छन्, ‘भौतिक विकास गर्न निकै कठिन भएको छ । बसेर पढ्ने ठाउ“ र खेल्ने चौर छैन । सहयोग माग्छु, दुवै शिक्षा कार्यालय पन्छिन्छन् ।’
व्यवस्थापन समितिमा कुन जिल्लाका व्यक्ति राख्ने भन्ने समस्यासमेत उत्पन्न भएको छ । यसमा सधै“ विवाद हुन्छ । ‘समितिमा कोही बस्न मान्दैनन्, सीमाको स्कुललाई दुवैतिरको सहयोग हुनुपर्ने हो । तर दुवैको उपेक्षा छ,’ सापकोटाले भने ।
सर्ुर्खेतका शिक्षा अधिकारी भक्त ढकालले भने, ‘त्यहा“ के भएको रहेछ हेरौंला ।’ उनले स्कुलको समस्या’bout आफूलाई जानकारी नभएको बताए ।