Daily Archives: 24/11/2008

नाङ्गो तस्वीर बनाएर धम्क्याउँदै यौन सम्पर्क गर्न खोजेको


धम्क्याएर सेक्स गर्न खोज्ने झ्याप्पै

काठमाडौं । अर्कोको नाङ्गो तस्वीरमा कम्युटरले अनुहार मिलाई धम्की दिएर यौन सम्पर्क राख्न खोज्ने वीरगंजका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्राप्त समाचारअनुसार स्थानीय पानी ट्यांकी निवासी २२ वर्षीय मनिष थापाले छिमेकी किशोरीको नाङ्गो तस्वीर बनाएर धम्क्याउँदै यौन सम्पर्क गर्न खोजेको अवस्थामा प्रहरीले नीजलाई पक्राउ गरेको हो । पटक पटक मोवाइलमा अश्लील एसएमएस पठाउने तथा नाङ्गो तस्विर आफू पढ्ने सिदार्थ एकेडेमीमा बाँडेर बेइज्यत गर्ने धम्की दिई यौन सम्पर्कका निम्ति दवाव दिने उक्त युवकलाई किशोरीका आफन्त र साथीहरुको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

धम्कीले हद नाघेपछि आफन्त र साथीहरुको सल्लाहअनुसार किशोरीले ती युवकलाई श्रीपुरस्थित एक रेष्टुरेन्टमा भेट्न बोलाएको र त्यहीँ पहिलेदेखि राखिएका प्रहरीले कम्प्यूटरमा तयार पारिएको नाङ्गो तस्वीरसहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ ।

आफ्ना माग पूरा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी


सरकारले घटाएको भाडा व्यवसायी र विद्यार्थीलाई अमान्य कडा आन्दोलनको चेतावनी

काठमाडौं । पटकपटकको वार्ता असफल भएपछि सरकारले एक पक्षीय ढंगबाट यातायातमा न्युन मात्रामा भाडा घटाउने निर्णय गरेको छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयले शनिवार गरेको निर्णय अनुसार डिजेलबाट चल्ने सवारी साधानमा ६ प्रतिशत र पेट्रोलबाट चल्ने सवारी साधानमा ७ प्रतिशत भाडा घटाउने निर्णय गरेको हो ।

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको एक महिनापछि सरकारले यातायात व्यवसायीहरु र विद्यार्थीले अस्वीकार गरिरहेका छन् । सरकारले विना नीति एकपक्षीय ढंगबाट भाडा समायोजन गर्ने तर विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै समायोजित भाडादर लागू नगर्ने बताएका छन् ।

उता सवारी भाडादर घटाउन अल्टिमेटम दिएको आठ विद्यार्थी संगठन पनि समायोजित भाडादरप्रति असन्तुष्ट रहेका छन् । उनीहरुका अनुसार विगतमा २० प्रतिशत भाडा वृद्धि भएको भएपनि अहिले ६-७ प्रतिशत घट्नु नौलो नभएको बताएका छन् । यद्यपि समायोजित भाडादर’bout आफ्नो धारणा बनाउन आज सात विद्यार्थी संगठनको संयुक्त बैठक बस्दैछ ।

सरकारले समायोजन गरेको भाडादर व्यवसायी र विद्यार्थीहरु असन्तुष्ट भएपछि लागू हुन गाह्रो छ । सरकारद्वारा भाडा समायोजनका नाममा उपभोक्ताको आँखामा धुलो फाल्ने काम गरेको आरोप विद्यार्थी संगठनहरुले लगाएका छन् । उनीहरुले आफ्ना माग पूरा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उता व्यवसायीहरुको माजुरी विना एक पक्षिय ढंगबाट भाडा समायोजन गरेपछि त्यसका विरुद्ध व्यवसायीहरु समेत आन्दोलनमा उत्रने निश्चित भएको छ ।