Daily Archives: 22/11/2008

एकाविहानै जनतान्त्रिकका कमाण्डरको हत्या


काठमाडौं । सरकारले तराईमा संघर्षरत् भुमिगत संगठनसँग वार्ता गरिरहेको र केहीले युद्ध विरामसमेत गरिसकेको अवस्थामा आज विहान सुरक्षा कारवाहीमा भूमिगत सशस्त्र समूहका सप्तरी जिल्ला इन्चार्ज मारिएको खबर छ ।
प्राप्त खबर अनुसार लाहान बेसक्याम्पबाट खटिएको सशस्त्र प्रहरी बलको कारवाहीमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला इन्चार्ज रामनारायण यादव मारिएका हुन् । सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरी ल्याएका यादव स्थानीय गोविन्दपुरमा आइपुगेपछि भाग्न खोज्दा सशस्त्र प्रहरीले चलाएको गोली लागि उनको मृत्यु भएको हो । स्रोतका अनुसार दिसा बस्ने निहुँमा सडक छेउमा गएका यादव भाग्न खोजेपछि गोली हानिएको हो । गोली लागि गम्भीर घाइते भएका उनको उपचरार्थ अस्पताल पुर् याउने क्रममा मृत्यु भएको जनाएको छ ।
वार्ताको प्रकि्रया थालनी भइरहेका बेला उक्त घटनाले वार्ताका वातावरण विगार्न सक्ने आशंका गरिएको छ
त्यस्तै मध्यमााचल महोत्सवको सांस्कृतिक कार्यक्रम स्थलमा वम विष्फोट हुँदा रौहटमा एक बालकको मृत्यु भएको छ । प्राप्त  जानकारीअनुसार रौतहटको गौरस्थित महोत्सव स्थलमा सांस्कृतिक कार्यक्रम भईरहेका बेला साँझ साढे ५ बजेतिर बम विष्फोट भएको थियो । विद्युतीय तारमार्फत् गराइएको बम विष्फोटनमा परी स्थानिय ८ वर्षीय बालक धवल यादवको घटनास्थलमा नै मृत्यु भएको थियो भने उनका दाजुहरु १२ वर्षीय वीरबल र २० वर्षीय नवल पनि घाइते भएका छन् । घाइतेको गौर अस्पतालमा उपचार भइरहेको छ ।
विष्फोटनपछि कार्यक्रम स्थलमा भागदौड मच्चिएको थियो । हिजै समापन गर्ने कार्यक्रम रहेपनि प्रमूख अतिथी नआएकाले महोत्वस आजसम्म चलाइएको र त्यही समापन कार्यक्रमलाई लक्षित गरी बम विष्फोट गराइएको आशंका गरिएको छ । विष्फाटनको जिम्मा तराई कोब्रा नामक भूमिगत संगठनले लिएको छ ।
सरकारले एक दर्जन भूमिगत संगठनसँग वार्ताको थालनी गरिसकेको भएपनि केही समूहले वार्तामा बस्न अस्वीकार गरिरहेका छन् यसै क्रममा रौतहटमा उक्त घटना भएको छ ।
उता पार्टीको कुनै पनि पदमा नरहेका व्यक्तिसँग सरकारले वार्ता गरेको भन्दै मधेशी भाइरस किलस्रका अध्यक्ष जयप्रकाश यादवले आपत्ति जनाएका छन् । हिजो सप्तरीको अज्ञात स्थलमा पत्रकार सम्मेलन गर्दै भाइरस किलस्रका अध्यक्ष यादवले एक साता अघि शान्ति मन्त्रीसँग भएको वार्तालाई अमान्य भएको बताएका छन् । गत १२ अगस्टमा भारतको प्रतापगंजमा आफू र गौरव पक्राउ परेपछि दुवै नेतृत्वबाट हटेको जनाउँदै नेतृत्वमा नरहेका व्यक्तिसँग सरकारले वार्ता गरेको जनाएका छन् । एक साताअघि शान्ति मन्त्रीले भाइरस किलस्रका सैन्य कमाण्डर भनिने गौरवसँग वार्ता गरेका थिए । गौरव भारतीय जेलबाट भागेपछि पार्टीको सम्पर्कमा नआएकोसमेत यादवको दावी छ । यद्यपि गौरवले आफ्नो पार्टी पाँच महिना अगाडी फूटी सकेको र जयप्रकाश यादवको ठाउँमा दिवान आफ्नो पार्टी अध्यक्ष भएको दावी गरेका छन् ।
यसैबीच सरकारी वार्ता टोलीका सदस्य एवं स्थानीय विकास मन्त्री रामचन्द्र झाले मंसिरको दोस्रो सातासम्म तराईका दुई दर्जनभन्दा बढी सशस्त्र समूहसँग वार्ता गरिसक्ने बताएका छन् । उनले जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहले वार्ताका लागि आलटाल गरेको समेत आरोप लगाए ।

कुवेट अफ्रिकन फूटबल टुर्नमेन्ट मा आज नेपाल र साउथ अफ्रिका को बिचमा खेलियको गेम बराबरि


नोवेम्बर २१ कुवेट सिटी
कुवेत सिटी को सर्क फूटबल गराउन्ड मा खेलियको  गेम निर्धरित समयमा दुबै पक्क्ष बाट गोल गर्न नसके पछी खेल बराबरिमा सिधियको थियो । । साउथ अफ्रिका जस्तो image0831स्पोर्टइङ देशलाई  नेपाली टिम ले ड्रा खेल्न वाध्य गरेको थियो । रक्क्षा पँग्ती मा खेल्नु भयका नेपाली टिमका केप्टेन श्री धर्म राज गिरी ले सुन्दर खेल देखाउनु भयको थियो । धर्म गिरिको साथ नेपाली रक्क्षा पँग्ती यती राम्रो थियो कि साउथ अफ्रिका जस्तो चम्पैन टिम ले नेपाली गोलकिपेर सम्म बलपुरायको यथाकता देखन मिलेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्