Daily Archives: 21/11/2008

सरकारी खर्चमा सभासदद्वारा कण्डम प्रयोग


काठमाडौं । संसदलाई खसीको टाउको देखाएर वाख्राको मासु बेच्ने थलोका रुपमा परिभाषित गर्ने नेकपा माओवादीका सभासद् स्वयंले संसद सुविधामा व्यापक दुरुपयोग गरेको समाचार सार्वजनिक भएको छ । नयाँ संविधान निर्माण गर्न जनताद्वारा अनुमोदित भएका जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारी पूरा गर्नु भन्दा आफु्नो सुख सुविधा र भोगविलासिताप्रति बढी ध्यानकेन्द्रित गरेको पाइएको छ । संसदसचिवालयमा चार दर्जनजति सभासद्हरुले विभिन्न शिर्षक राखेर रकम माग गरेको विषयले अहिले नेपालको राजनीतिमा व्यापक चर्चाको विषय बनेको छ । सुविधाका निम्ति सभासद्हरुले रकम सस्रती हेर्दा सभासद्हरुको गैरजिम्मेवारीपन र भोगविलासितालाई छर्लङ्ग देखाईदिएको छ ।
औषधि उपचारका नाममा नक्कली विल र चिकित्सकको प्रेसकिप्सन मात्र पेस गरेका छैनन् । उनीहरुले ट्याक्सी भाडा फलफूल खाएको हर्लिस खाएको विलसमेत पठाएका छन् । त्यति मात्रै होइन लाजै मर्ने विषय अर्को के छ भने केही सभासद्ले आफूले कण्डम खरिद गरेको बिल समेत पेस गरेको बताइएको छ । संसद सचिवालय स्रोतले कण्डम खरिद गरेको विल पेश गर्ने सभासद्को नाम सार्वजनिक नगरेपनि सबै सभासद्हरुले नक्कली विल पेस गरी लाखौं रुपैयाँ माग गरेको बताइएको छ । संसद सुविधामा व्यापक दुरुपयोग भएपछि छानविनका निम्ति संसदीय समितिसमेत गठन भएको बुझिएको छ ।
संसद सुविधा अन्तर्गत रकम लिने सभासदहरुमा दीनानाथ शर्मा फूलमतिदेवी चौधरी रेणुका चौलागाई कृष्ण ठाकुर रामकुमारी देवी यादव उमा कार्की राम कुमारी देवी यादव बिमला मिजार हलिना खातुन लक्ष्मणलाल कर्ण रामकुमारी देवी यादव शान्तदेवी चमार उर्मीला थापा जिपछिरिङ लामा रामनारायण िसंह विमलेन्द्र निधि अलाउद्दिन अन्सारी हरिनारायण यादव कविता कुमारी सरदार पुष्प विक्रम मल्ल खुमा सुवेदी सुनिताकुमरी महतो कविन्द्रनाथ ठाकुर रामकुमारी देवी यादव देवराज जोशी सुन्दरा थारु शिवचन्द्र प्रसाद कुसवाहा मीनाक्षी झा तारा घर्तीमगर रमेश रिजाल बिमला सुवेदी अरविन्द शाह धीरेन्द्र प्रसाद उपाध्याय सरितादेवी यादव छरिलाल थापामगर कृष्णा ठाकुर गौरी महतो कोइरी छिमकुमारी सुनुवार ईश्वरी न्यौपाने बबिता देवी धोवी अर्जुन राई महेन्द्र पासवान भीम बहादुर रावल नजिर मियाँ दामा शर्मा कृष्ण कुमार परियार उर्मिला थापा हेमराज तातेड डिल्लमिान तामाङ ज्वालाकुमारी शाहा भोटेनीदेवी अन्सारी रहेका

**Love is the combination of two hearts**


MY HEART SANJU

It is very important for me to express to you how much you really mean to me.  I wish I could do this in person while holding you in my arms and gazing into your eyes.  But since we are physically separated by miles of emptiness, this expression must come in the form of letters such as this. पढ्नेक्रम जारी राख्नुहोस्

पुरुष सभासद्द्वारा योनीमा राख्ने औषधीको बिल पेस


गर्भवती महिलाले खाने औषधी ‘फोर्टुम’ को बिल पेस गरेर सांसदहरूले विगतमा राज्यको ढुकुटी दुरुपयोग गरेजस्तै लाजमर्दो घटना नयाँ नेपाल बनाउने समर्पणसहित बनेको संविधानसभामा पनि दोहोरिएको छ । नयाँ संविधान लेख्ने जिम्मेवारी पाएका एक सभासद्ले शारीरिक सम्बन्ध राख्नुअघि योनीमा राख्ने ‘ट्याब्लेट’को बिल रकम भुक्तानीका लागि संसद् सचिवालयमा पेस गरेका छन् । यद्यपि, उनलाई सो औषधीबापतको रकम भुक्तानी नगर्ने निर्णय सचिवालयले गरेको छ ।’इन्फा-भी’ (Infa-V) नामक सो औषधीको बिल सचिवालयमा पेस गर्ने सभासद् हुन्- राष्ट्रिय जनशक्ति पार्टीका अर्जुन राई । चिकित्सकहरूका अनुसार लिंगमा ‘इन्फेक्सन’ भएका पुरुषले शारीरिक सम्बन्ध राख्नुपरेमा महिलाको सुरक्षाका लागि सो ट्याब्लेट योनीमा राखिन्छ ।सभासद् राईले काठमाडौंको कमलपोखरीस्थित हिमाल हस्पिटलमा उपचार गरेर नजिकैको नम्रता मेडिकल हलबाट औषधी किनेको बिल सचिवालयमा पेस गरेका हुन् । सो मेडिकल हलको क्रम संख्या ७३६७ नम्बरको बिलमा उनले विभिन्न सात किसिमका औषधी किनेको उल्लेख छ । सचिवालयले पछिल्ला चार औषधीको भुक्तानी नगर्ने निर्णय गरेको छ । बिलमा इन्फा-भी नामक औषधी एक प्याकेट किनेको उल्लेख छ । इन्फा-भीको एक प्याकेटमा आठ ट्याब्लेट हुने गर्छ । बिलमा यो औषधीको मूल्य ७० रुपैयाँ उल्लेख गरिएको छ । सभासद् राईले भने झुक्किएर आफूले उक्त औषधीको बिल सचिवालयमा पेस गरेको हुनसक्ने बताए । ‘त्यो झुक्किएर परेको हुनसक्छ । मैले त्यो औषधी छुट्टै किनेको हुँ,’ राईले नयाँ पत्रिकासित भने ।

सभासद् राईले पेस गरेको बिलमा उल्लेख एन्थर (Anther), ग्याट (Get) र इन्फेक्सियम (Infexim) नामक औषधीको रकम पनि सचिवालयले भुक्तानी नगर्ने भएको छ । तीनवटै औषधीको मूल्य एक सय ८७ रुपैयाँ छ । चिकित्सकहरूका अनुसार तीनवटै औषधी एन्टिबाइटिक हुन् ।संसद्का पदाधिकारी र सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०५२ मा संसद्का पदाधिकारी र सदस्यहरूको उपचारको खर्च सचिवालयले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ । सोही ऐनअनुसार सभासद्हरूले उपचारपछि सचिवालयमा बिल पेस गरेर भुक्तानी लिने गरिरहेका छन् ।

सचिवालयका एक कर्मचारीका अनुसार ऐनमा कतिसम्म उपचार खर्च बेहोर्ने तथा कस्ता-कस्ता बिरामीलाई उपचारको व्यवस्था गर्ने सम्बन्धमा कुनै उल्लेख नगरिएका कारण उपचार खर्च शीर्षकको रकम दुरुपयोग हुने गरेको छ ।सचिवालयले पेस गरिएका बिलमा वास्तविक खर्च उल्लेख छ कि छैन भनेर चेकजाँच गर्न तीन डाक्टर र एक सहसचिव रहेको चार सदस्यीय कमिटी बनाएको छ । सोही कमिटीले सिफारिस गरेको रकम मात्रै सभासद्हरूलाई भुक्तानी गरिने गरेको संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए । सो कमिटीमा डाक्टरत्रय एलबी थापा, एई अन्सारी र श्याममणि अधिकारी छन् भने सदस्य-सचिवका रूपमा सांसद सुविधा शाखाका सहसचिव धनबहादुर श्रेष्ठले काम गरिरहेका छन् । डा. अन्सारीलाई सचिवालयले अफिसियल चिकित्सकका रूपमा पनि नियुक्त गरेको छ ।सभासद् राईले पेस गरेको बिलमा उल्लेख पछिल्ला चार औषधीको भुक्तानी नगर्न डा. अन्सारीले सिफारिस गरेका हुन् । मंगलबार मात्रै सांसद सुविधा शाखाले सिफारिससहित लेखा शाखामा पठाएको सभासद् राईको बिलमा उल्लेख पछिल्ला चार औषधीमा डटपेनले केरिएको छ । ‘बिलमा भएका अनावश्यक औषधीको भुक्तानी नगर्ने भएकाले हटाइएको हो,’ डा. अन्सारीले नयाँ पत्रिकालाई छोटो प्रतिक्रिया दिए कमलपोखरीको हिमाल हस्पिटल, एपोलो क्लिनिक र सिद्धार्थ मेडिकेयरमा उपचार गराएको सभासद् राईले बताए । उनले तीनै ठाउँको गरेर चार हजारभन्दा बढीको बिल सचिवालयमा पेस गरेका थिए । तर, जाँचबुझ कमिटीले राईलाई एक हजार आठ सय ८१ रुपैयाँ मात्रै भुक्तानी गर्न सिफारिस गरेको छ । सचिवालयमा अहिलेसम्म बिल पेस गर्ने सभासद्मध्ये ४३ जनालाई भुक्तानीका लागि जाँचबुझ कमिटीले सिफारिस गरेको छ । १५ सभासद्ले पेस गरेको बिल छानबिनकै क्रममा छ । पेस गरिएको बिलअनुसारको सम्पूर्ण रकम भुक्तानी पाउने पाँच सभासद् मात्रै छन् । धेरै सभासद्हरूले बिलमा उल्लेख रकमको आधा पनि भुक्तानी पाएका छैनन

नेपाली सेनाले मुख खोल्यो


काठमाडौं । नेपाली सेनाले आफ्नो संगठनका विषयमा केही पत्रपत्रिकाले लेखेका समाचार प्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ । शुक्रबार प्रकाशित हुने एक रंगिन पत्रिका नेपाली सेना र त्यसका प्रमुखका पछि हात धोएर लागि परेको छ । विवादास्पद छविका उक्त पत्रिकाका साचालकले नेपाली सेनासँग ठूलो रकम वार्गेनिङ गरेको र केही लिइसकेको यसअघि नै सार्वजनिक भइसकेको छ । यद्यपि सेनाले पत्रिकाले माग गरेअनुसारको रकम उपलब्ध नगराउने जनाएपछि उनीहरुबीच मतमतान्तर बढेको थियो । नेपाली सेनाले सोही पत्रिकालाई लक्ष्यित गर्दै आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ुविगत केहि दिनदेखि काठमाडौंबाट प्रकाशित केहि समाचार माध्यमहरुद्वारा नेपाली सेनामा संचालित ूकल्याणकारी कोषू को सम्बन्धमा प्रकाशित समाचारहरुप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ । पूर्वाग्रही ढंगले प्रकाशित सो समाचारहरु नितान्त झुट्टा कपोलकल्पित तथा भ्रामक समेत भएकोले सो समाचारहरुप्रति रतिभर पनि विश्वास नगरी दुविधामा नपर्न समेत नेपाली सेना आम जन समुदायमा हार्दिक अपिल गर्दछ । साथै सैनिक कल्याणकारी कोषको सम्बन्धमा सत्यतथ्य विवरण देहाय बमोजिम रहेको व्यहोरासमेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।
नेपाली सेनाका सकल दर्जा अवकाश प्राप्त सैनिक र ’emका आश्रित परिवारको बृहत हीतका लागि औषधी उपचार शिक्षा परिवार आवास र विभिन्न आर्थिक राहत तथा कल्याणकारी कार्यक्रमहरु संचालन गर्ने प्रमुख उद्देश्यका साथ २०३२ सालमा सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।
यो कोष संचालन गर्न सैनिक ऐन २०६३ को परिच्छेद ६मा प्रष्ट रुपमा कानूनी व्यवस्था गरिएको छ । प्रधानमन्त्री यस कोषको संरक्षक रहने र सोको संचालन तथा व्यवस्थापन समितीको अध्यक्षमा प्रधानसेनापति रहने व्यवस्था छ भने अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत प्रतिनिधीहरुको साथै भूतपूर्व सैनिक अधिकृतहरु समेत यसको सदस्य रहने प्रावधान रहेको छ । साथै कोष संचालनको सम्पूर्ण जिम्मेवारी कोष संचालन तथा व्यवस्थापन समितिमा निहित रहेको हुन्छ ।
समितिको कार्यमा सहयोग पुर् याउने तथा सैनिक कल्याणकारी कोषको सचिवालयको रुपमा कार्य गर्न नेपाली जंगी अड्डा अन्तरगत कल्याणकारी योजना निर्देशनालय रहेको र उक्त निर्देशनालयमा निर्देशकको रुपमा बहालवाला सहायक रथी निर्देशक तथा अन्य अधिकृत एवम् पदिकहरुका साथै अवकाश प्राप्त र वहालवाला तथा गैर सैनिक कर्मचारीहरु समेत कोषको विभागीय प्रमुखमा बलाध्यक्ष रथी रहने व्यवस्था छ ।
सैनिक ऐन २०६३ ले व्यवस्था गरे बमोजिम प्रत्येक वर्ष कोषको आय व्याय र प्रगति विवरण सहितको प्रतिवेदन संरक्षक प्रधानमन्त्री समक्ष पेश गरी त्यसको प्रति व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिलाई समेत उपलब्ध गराउने गरिएको छ ।
कोषको आय व्याय हिसाबको नियमित लेखा परीक्षण महालेखा परिक्षकको कार्यालयबाट हुँदै आएको छ र यसको प्रतिवेदन पनि संसदको राज्य व्यवस्था समिति समक्ष पेश गरिन्छ ।
कोषको कारोबार तथा कोषद्वारा संचालित गतिविधिहरु अंशधारीहरुलाई समेत जानकारी गराउने उद्देश्यले ूकल्याणकारी दर्पणू प्रकाशित गरिनुको साथै नेपाली सैनिक आदेश तथा राष्ट्रिय पत्र पत्रिकाहरुमा समेत प्रकाशित गर्ने गरिएको छ ।
बार्षिक रुपमा यस कोषबाट संचालित हुने कल्याणकारी कार्यहरुलाई कल्याणकारी बजेटमा समावेश गर्ने गरिन्छ र कोष कार्य संचालन तथा व्यवस्थापन समितिले स्वीकृत गरेपछि मात्र यसको कार्यान्वयन हुने प्रावधान रहेको छ । कल्याणकारी बजेटमा समावेश नगरी कुनै पनि रकम खर्च गर्न सकिदैन ।
कोषको आन्तरिक लेखा परिक्षणको लागि एक आन्तरिक लेखा परीक्षण समितिको व्यवस्था गरिएको छ । यसको छनौट कोष संचालन तथा व्यवस्थापन समितिबाट गरिन्छ । आन्तरिक लेखा परीक्षण समितिमा लेखा व्यवसायीक प्रमाण-पत्र प्राप्त चार्टर्ड एकाउण्टेड महालेखा परिक्षक कार्यालयका भूतपूर्व अधिकृत तथा कोष व्यवस्थापनमा कुनै भूमिका नभएका सैनिक अधिकृतहरु रहने प्रावधान रहेको छ । आन्तरिक लेखा परीक्षण समितिले आफ्नो प्रतिवेदन कोष संचालन तथा व्यवस्थापन समितिमा नियमित रुपमा पेश गर्ने गर्दछ
कुनै पनि किसिमको लाभ आर्जन नगर्ने निकायको रुपमा खडा गरिएको यस कल्याणकारी कोषले विभिन्न आर्थिक कारोबार समेत संचालन गर्दछ । मासिक रुपमा आर्थिक प्रतिवेदन तयार पारी सो प्रतिवेदन कोष संचालन तथा व्यवस्थापन समितिको अध्यक्षसमक्ष पेश गरिन्छ ।
अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा खट्टिने प्रत्येक व्यक्तिले प्रति महिना भत्ता बापत पाउने १०२८ अमेरिकी डलरबाट प्रत्येक महिना २२८ अमेरिकी डलरको दरले यस कोषलाई रकम प्रदान गर्ने गरेको छ । व्यक्तिहरुबाट प्राप्त भएको रकम निजहरुकै लागि आवश्यक पर्ने एयरपोर्ट ट्याक्स औषधी खोप स्थानीय तालिम नगद उपहार पोशाकको साथै अन्य आवश्यक बन्दोबस्ती कार्यमा खर्च गरिन्छ भने बाँकी हुन आउने रकमबाट सैनिक व्यक्तिहरुको लागि संचालन भएका कल्याणकारी कार्यहरु जस्तै छोराछोरीलाई शिक्षा परिवारको लागि निःशुल्क औषधी उपचार वेलफेर पेन्सन तथा विमा योजनाहरु आदि जस्ता कार्यहरुमा खर्च गरिन्छ ।
तत्कालिन अवस्थामा राम्रो आर्थिक कारोबार भएका बैंकहरुमा यस कोषको रकम जम्मा गरिएको भएता पनि हाल खतराको सूचीमा परेका भनिएका सो बैंकहरुमा राखिएको यस कोषको रकमको अधिकांश भाग फिर्ता गरी सकिएको छ । हाल कल्याणकारी कोषले आफ्नो छुट्टै डिपोजिट नीति निर्माण गरिसकेको र सो नीति अनुसार नॆपाल राष्ट्र बैंकको निर्देशिका तथा अर्थ मन्त्रालयको निर्देशनहरुको परिधिभित्र रही कोषले आर्थिक कारोबार गर्ने गरेको छ ।<br>
<br>
साथै सैनिक कल्याणकारी कोषलाई पारदर्शी ढंगले संचालन गर्न नेपाली सेना सदैव कटिवद्व रहेको प्रतिवद्वता व्यक्त गर्दै यो कोष सुचारु रुपले संचालन गर्न जुनसुकै व्यक्तिबाट प्राप्त सुझावलाई नेपाली सेना सदैव स्वागत समेत गर्दछ र यस कोषको दुरुपयोग भएको प्रमाण प्राप्त भएमा सम्बन्धितमाथि कडा कारवाही गरिने समेत नेपाली सेना पुनः प्रतिवद्वता प्रकट गर्दछ ।

बिजुलीले झट्का


८३ हजार मेगावाट, रहेछ क्षमता भारी
०३ हजार निक्लँदैन, डिजेल समेत गरी

४८ घण्टा प्रतिहप्ता, लोडसेडिङ्ग साह्रो
१३ प्रतिशत आयातले, पनि भ्याउन गाह्रो

अँध्यारोमा बच्चा बिग्रे, भविष्य अन्धकार
कर्णधारै तहस्नहस्, देशलाई पर् यो मार

कल कारखाना ठप्प भए, उद्योग भए बन्द
बेरोजगारी उर्लेर आयो, दाजभाईमै द्वन्द

हात्ती भयो आयात त, कमिला सरी निर्यात
व्यापार भयो डामाडोल, अर्थतन्त्रमा आघात

जलश्रोतको धनी देश, डांडा पारीको जुन
बचाउन आउन पर्छ, दैविक शक्ति पुनः

कस्लाई कोस्ने कस्लाई भन्ने, केही फाईदा छैन
नेपालीको भाग्यै क्यार, यस्तै होला चैन

                                               किरण पौड्याल, कुबेत १९ नोभेम्वर २००८ (४)

विलिन व्यक्तिगत स्वतन्त्रता


हराएछन् प्रजातन्त्र, खोज्न जाने को पो होला
बिलाएछन् स्वतन्त्रता, माग्न जाने काँ पो होला

०७, १५, ३६, ४६, अझ कति कुर्ने होला
धेरै पटक भुंग्रो भईयो, अझ कति जल्ने होला

कति मरे, कति परे, कसैसंग गिन्ति छैन
शहिद्को रगत् पानी हुंदा, चिन्ता लिने कोहि छैन

शाहीशासन, राणाकालीन, पंचायती र बहुदलवाद
प्रजातन्त्र, जनगणतन्त्र, लोकतान्त्रिक गणतन्त्रको विवाद

यात्रा लामो गर्दा धरी, उपलव्धि शुन्य भयो
अन्यौल का जनतालाई, कुरा बुझ्न गाह्रो भयो

यिनको चासो दुई छाक खाना, एक टुक्रा कपडाको
गर्मी, झरी, हावा छेक्ने, एक सानो झुपडीको

होईन ठूलो आशा यिनको, पर्याप्तछन् योगदान
मातृभूमि जोगाउन, धेरै दिए बलीदान

कहिले उत्तर, कहिले दक्षिण, सापट माग्ने हाम्रो बानी
संविधान त धेरै बने, मर्म बुझ्ने कहिले हो नी

पुत्र नेपालकॊ जन्मी, उद्दार गर्ने कैले होला
विलिन भा’को स्वतन्त्रता, भोग्न पाईने कैले होला

                                                             किरण पौड्याल, कुबेत १८ नोभेम्वर २००८ (३)