पत्रकारलाई मार्ने धम्की


November 19 2008

वीरेन्द्र केएम, सुनसरी । दुइ साता अघि बलात्कृत भएकी सुनसरी सदरमुकाम इनरुवामा ३ की थापा थरकी १४ वषिर्य बालिका को बलात्कार समवन्धी समाचार लेखेको बिषयलाई लिएर केहि व्यक्तिहरुले सुनसरीका पत्रकारहरुलाई गोलि हानी ज्यान मार्ने धम्की दिएका छन् ।

सत्य समाचार लेखि अपराधीहरुको र्सवजानीकता गरेको आरोपमा इनरुवाका सुन ब्यापारी दिवस सोनि ,आफूलाई मधेशी बिधार्थी फोरमका केन्द्रीय कोषाध्यक्ष बताउने दिलिप शाह नेवि संघका केन्द्रीय सदस्य बताउने राजन मेहता लगायत आफूलाई अज्ञात ब्यक्ती बताउने ब्यक्तीहरुले अज्ञात अज्ञात नं.बाट फरक फरक समयमा टेलिफोन गरि जज्यान मार्नै धम्की दिएका हुन् ।

उनीहरुले कुने समाचार लेखिनु अघि हामी सगँ सोधर मात्र लेख्न भन्दै अन्यथा ज्यान मारि दिनै भन्दै र्सवाजानीक स्थानहरुमा गएको बेला यि ब्यक्तीहरुल्ेा गाली गलोज गर्दै आक्रमन गर्न समेत खोज्ने गरेको पिडित पत्रकारहूरुले बताएका छन् ।

सो ब्यक्तीहरुले पत्रकारहरु इमेज च्यानलका इकवाल अहमद , नेपाल वन का बिरेन्द्र केएम ,कान्तिपुरका प्रदिप म्यागँवो गोरखापत्रका जयकृष्ण यादव , दर्शन दैनिकका धिरेन्द्र चौधरी र जनब्रि्रोह दैनिकका प्रमोद यादव लाई दर्ुइ तिन दिन देखि धम्की दिदै मानसिक यातना दिदै आएका हुन् ।

सो धम्कीको सुनसरीका ३ दर्जन भन्दा बढि मानव अधिकार तथा अन्य संघ संस्थाहरुले भतर्सना गरेका छन भने उनीहरुले सरकार सगँ पत्रकारहरुको सुरक्षाको समेत माँग गरेका छन ।

राजमार्गमा खालडो नपुरेका कारण समसया

बिरेन्द्र केएम

सुनसरी,३ मंसिर ःनेपाल टेलिकमले अफटिकल फाईवर बिच्छाउनका लागि खनिएको इटहरी स्थित पर्ूव पश्चिम राजमार्गमा पुन कालोपत्रे नगरेका कारण दैनिक राजमार्गमा जोखिम बढिरहेको छ । खाल्डा पुरेर कालो पत्रे नगर्नाले दैनिक जसो सवारी दर्ुघटना भईरहेका छन् ।

न्ेापाल टेलिकम पर्ूवाञ्चल क्षेत्रिय कार्यालय विराटनगरले सडक खन्नुअघि गत जेठ महिनामै खनिएको सडकमा पुन कालो पत्रे गर्नका लागि सडक डिभिजन कार्यालय विराटनगर र इटहरी नगरपालिकालाई अग्रीम भुत्तानी दिएपनि हालसम्म कालोपत्रे गर्ने काम भएको छैनन् ।

अफ्टिकल फाईवर बिच्छाउनु अघि पुन कालो पत्रे गर्नका लागि चाहिने आवश्यक रकम सम्बन्धित कार्यालयमा जम्मा नगरेसम्म सडक खन्न नै नदिने भएकाले जुष्ठमै दर्ुव कार्यलयलाई एक मुष्ट २१ ल्ाख रुपिया भुक्तानी दिईसकेको क्षेत्रिय कार्यालयलाई उद्धत गर्दै नेपाल टेलिकम इटहरीका प्रमुख धनबहादुर थापाले बताएका छन् ।

लाइसेनस ’bout छानवीन सूरु

यातायात व्यवस्था कार्यालय कोशी र मेचीका कर्मचारीको संलग्नतामा नक्कली सवारी साधनको अनुमति पत्र लाईसेन्स)बनाउने गिरोहका एक व्यक्ति पत्र\mाउ परेपछि यातायात मन्त्रालयको निर्दैशनमा यातायात व्यवस्था विभागबाट खटिएको उच्च स्तरिय टोलीले छानविन सुरु गरेको छ ।

यातयात व्यवस्था विभागका शाखा अधिकृत यदुनाथ गौतम र नायब सुब्बा केदार नाथ पोख्रेलको दर्ुइ सदस्य टोलीले नक्कली लाईसेन्सको कारोवार भएको बिषयमा यातयाता व्यवस्था कार्यालय कोशीमा छानविन गरि हाल मेचीमा छानविन गरिरहेको छ ।

तीन दिन अघि सुनसरी आईपुगेको टोलीले यातायात व्यवस्था कार्यालय कोशीका लाईसेन्स वित्रण गरिएका सबै रर्ेकर्ड,होलो ग्राम र कार्डको विषयमा छानविन गरेको थियो । छानविनको क्रमा नक्कली लाईसेन्सको कारोवार भई जाहेरी परेपछि स प्रमाण पक्राउ गरि हिरासतमा राख्ने इलाका प्रहरी कार्यालय इटहरी पनि पुगेको थियो ।

सो टोलीमा यातयात व्यवस्था कार्यालय कोशीका प्रमुख टंकप्रसाद पोख्रेल पनि सहभागी थिए । सो टोलीले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षकसंग नक्कली लाईसेन्स प्रकरणका बिषयमा आवश्यक जानकारी लिएको थियो । प्रनि बास्तोलाले कर्मचारी कै मिलेमत्तोमा नक्कली लाईसेन्सको कारेावार हुने गरेको जानकारी आफूले छानविनका क्रममा पाएको सो टोलीलाई अवगत गराएका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.